कौरव खत्री /गुल्मी,कार्तिक २ ।
अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्रको आयोजनामा दशैँको अवसरमा बृहत नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ मा दिनानुदिन राम्रो आर्थिक सहयोग जुट्दै गएको छ ।
“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले आयोजना गरेको नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ को चौथो दिनसम्म करिव १ करोड, ६० लाख आर्थिक सहयोग संकलन जुटेको अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साथै ज्ञान महायज्ञ सप्ताहको चौथौ दिन पनि सप्ताहमा चन्दादाता सम्मान,कथा बाचन, कलाकारहरूद्वारा भजन किर्तन, झाकी प्रस्तुत गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो । साथै गत असोज २८ गतेदेखि शुरू गरिएको ज्ञान महायज्ञ यहीँ कार्तिक ७ गतेसम्म चल्ने जनाइएको छ ।
अष्ट्रेलियाको मेलवर्न १०० डन्कन्स लेन, डिगर्स रेस्ट स्थित आफ्नै जग्गामा ज्ञान महायज्ञ सप्ताह भाग २ सञ्चालन भईरहेको छ । साथै महायज्ञ दैनिक हप्ताको सोमवार देखि शुक्रवारसम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म एवंम् शनिवार र आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म ज्ञान महायज्ञ सप्ताह हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै आरतीको समय भने साँझ ७ः३० बजे रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)