Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीमा डोजरको ठक्करबाट कृष्णबहादुर सुनारको मृत्यु

गुल्मीमा डोजरको ठक्करबाट कृष्णबहादुर सुनारको मृत्यु

  • 3.1K
    SHARES

  • गुल्मीमा डोजरको ठक्करबाट कृष्णबहादुर सुनारको मृत्यु

    गुल्मी,कार्तिक २ ।

    गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

    जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका ७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछान्लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली खटिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology