Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका १३ वटा अस्पताल विकास समिति खारेज

लुम्बिनी प्रदेशका १३ वटा अस्पताल विकास समिति खारेज

  • 4.6K
    SHARES

  • लुम्बिनी प्रदेशका १३ वटा अस्पताल विकास समिति खारेज

    बुटवल,कार्तिक १ ।

    लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पताल विकास समिति खारेज गरेको छ ।बुधबार बसेकाे प्रदेश मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको हो ।

    मन्त्रीपरिषद बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

    बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत समेत गरेको छ । त्यसै गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरेकाे समेत प्रवक्ता पाण्डेले बताए ।

    त्यसै बैठकले सिकलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरेको छ ।

    चालिस वर्षभन्दा माथिका लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्नुकासाथै बैठकले जेष्ठ नागरिक तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पाण्डेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology