Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जन्मदिनमा नेविसंघ केन्द्रिय सदस्य घर्तीले गरे जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान

जन्मदिनमा नेविसंघ केन्द्रिय सदस्य घर्तीले गरे जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान

  • 2.4K
    SHARES

  • जन्मदिनमा नेविसंघ केन्द्रिय सदस्य घर्तीले गरे जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान

    बुटवल,असाेज २९ ।

    नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष प्रदीप घर्ती मगरले जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरेका छन् ।

    विद्यार्थी नेता घर्तिले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार त्रिभुवन विश्वविद्यालय टपर लुम्बिनी वाणिज्य क्याम्पसकी जेहेन्दार विद्यार्थी छात्रा आयुश्मा रेश्मीलाई नगद ५ हजार ५५५ रुपैया , डायरी र दोसल्लाले सम्मान गरेका हुन् ।

    जन्मदिनमा फचुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नु उचित हुने भएकाले जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको बताए । घर्तिले आफ्नो हरेक जन्मदिनमा विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् । उनले गत वर्षको जन्मदिनमा मानव सेवा आश्रममा बलाङ्केट वितरण गरेर जन्मदिन मनाएका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की , नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बिकाश पाण्डे, नेपाली विद्यार्थी संघ रुपन्देही सभापति सम्सेर खड्का, साना होटेल लोकतान्त्रिक संघ रुपन्देही अध्यक्ष शिवराज पोख्रेल ,नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस कार्यवाहक सभापति रेशम क्षेत्री , नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रमेश सारु, कांग्रेसका युवा नेता नारायण सिंह बेल्बासे , लोक दोहोरी गायक दीपक दर्लामी, नेपाल मगर विद्यार्थी संघ अर्घाखाँची सचिव सन्दीप पुन ,नेपाल मगर विद्यार्थी रुपन्देही सचिव टेक राना ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य हरि घिमिरे ,जिल्ला सदस्य सागर पन्थी, बुटवल कम्प्युटर ईन्स्टिच्युका प्रबन्धक निर्देशक दिपक केसी, विद्यार्थी नेता माधव केसि ,स्ववियु सदस्यहरु अमृता राना र भुवनेश्वोर अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालक ने बि संघ बुटवल बहुमुखी क्याम्पस नेता सुरज पन्थीलेले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology