बुटवल,असोज २९ ।
पुर्व अर्थमन्त्री बिष्णु पौडेलले सरकार सत्ता टिकाउने चिर्कटोमा केन्द्रीत रहेको आरोप लगाएका छन् । उनले अर्थतन्त्र संकटमा रहेको अवस्थामा पनि सरकारले कुनै चासो नदिएको दाबि गरे ।
रूपन्देही उद्योग संघको ४५ ओैं साधारणसभा तथा २३ओैं अधिवेशनको बुटवलमा उद्घाटन गर्दै उनले देश आर्थिक संकटमा पुग्दा पनि सरकारले त्यसलाई स्विकार्न नसकेको उल्लेख गरे ।उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए ।
अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधनाका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।
औद्योगिक पत्रकारिता पुरस्कार केसीलाइ :
रुपन्देही उद्योग संघले प्रदान गर्ने उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार शेरबहादुर केसी सम्मानित भएका छन् । संघको ४५ औं वार्षिक साधारणसभा तथा २३ औं अधिवेशनको अवसरमा सोमबार केसीलाई सम्मान गरिएको हो ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र संघका अध्यक्ष माधव पौडेलले संयुक्त रुपमा खादा तथा प्रमाणपत्रसहित केसीलाई सम्मान गरिएको थियो । सम्मानसहित ४५ हजार १५५ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । केसी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन् भने लुम्बिनी राष्ट्रिय दैनिक पत्रीकाको सम्पादक हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)