Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

स्काइ वाकमा दसैं अफर,प्रवेश शुल्कमा २५ प्रतिशत छुट

स्काइ वाकमा दसैं अफर,प्रवेश शुल्कमा २५ प्रतिशत छुट

  • 1.2K
    SHARES

  • स्काइ वाकमा दसैं अफर,प्रवेश शुल्कमा २५ प्रतिशत छुट

    काठमाडौं,असाेज २८ ।

    काठमाडौंको कमलादीमा रहेको स्काइ वाकले दसैं अफर सार्वजनिक गरेको छ। वन्डर्स नेपालले सञ्चालन गरेको स्काइ वाकमा दसैं अफर अन्तर्गत प्रवेश शुल्कमा २५ प्रतिशत छुट दिने बताइएको छ।

    यो अफर असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।प्राकृतिक परिवेशको मनोरम दृश्यहरू प्रदान गर्ने स्काइ वाक पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ।

    आगन्तुकहरूले अवलोकन डेकबाट धार्मिक तथा एतिहासिक महत्वका स्थलहरु जस्तै धरहरा, रानीपोखरी, घण्टाघर, स्वयम्भु, नारायणहिटी संग्रहालयका साथै पहाड र हिमालहरूलाई समेत नजिकैबाट अवलोकन गर्न सक्छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology