Logo मंगलवार, आश्विन २७ गते २०८३
images

 देवीनगरमा सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा उद्घाटन

 देवीनगरमा सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा उद्घाटन

  • 3.0K
    SHARES

  •  देवीनगरमा सिद्धबाबा मिष्ठान्न भण्डारको  तेस्रो शाखा उद्घाटन

    बुटवल, असोज २८ ।

    सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा  संचालनमा ल्याएको छ । देबीनगर शाखाकाे बुटवल उदयाेग बाणिज्य संघका नवनिर्बाचित अध्यक्ष हरिप्रसाद अर्यालले रिबन काटेर उद्घाटन गर्नुभएकाे हाे । साे अबसरमा बाेल्दै अर्यालले उद्याेगी ब्यबसायीीकाे हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले सिद्धबाबा मिष्ठान्नकाे इतिहासदेखि बर्तमान राम्राे रहेकाे भन्दै ब्यवसायकाे सफलताकाे कामना गर्नुभयाे । 

    मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरलले स्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताउनुभयो ।शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उहाँले अन्य तीनबटा स्थानमा खोलिएका मिष्ठान भण्डारमा ५ करोडको लगानी रहेको बताउनुभयो । उहाँले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताउनुभयो ।  बुटवलमा स्पेशल लड्डु र दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ र पाँच सय लिटर दुध खपत हुने गरेको संचालक पार्वती पोखरेलले बताउनुभयो ।

    मिठाइ उत्पादनकालागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताउनु भएका संचालक पोखरलेले चाडपर्वको समयमा ग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिनुभयो । मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्ष समेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा बुटवलका पूरव मेयर पुनाराम पाेखरेल,नेपाली कांग्रेस बुटवल ३ का सभापति रामकृष्ण पछाइ,नेपाली कांग्रेस बुटवल ११ का सभापति जितबहादुर मल्ल,पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका रुपन्देही अध्यक्ष रामकृष्ण चापागाइ लगायतले बाेल्नुभएकाे थियाे । साे कार्यक्रमकाे संचालन पत्रकार कपिल ज्ञवालीले गर्नुभएकाे थियाे ।

    यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरिसकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनाका साइतमा देबीनगरमा शाखा उद्घाटन गरेकाे हाे।siddhababa misthanaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology