Logo बिहिवार, आश्विन १ गते २०८३
images

थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान-प्रदान

थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान-प्रदान

  • 1.7K
    SHARES

  • थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदान-प्रदान

    बुटवल,असोज २८ ।

    थोर्गा रुपन्देही सम्पर्क समाजले शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमामा एक समारोहका बिच बिजयादशमी दीपावली नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

    समाजका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी ओमकारनाथ ज्ञवालीले समाजले गरेका कामको प्रशंसा गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष ज्ञवालीले गुल्मी थोर्गामा जन्मेर बुटवल पेरिफेरिमा कर्मथलो बनाइ बसोबास गर्नुहुने सम्पूर्णलाई जोडी भाइचारा र सद्भाव कायम राख्ने काम भैरहेको बताउनुभयो । उहाँले समाजले विभिन्न रचनात्मक कार्यहरु गर्दै थोर्गेलीहरुमाझ सुख दुखमा साथ दिइरहने उल्लेख गर्नुभयो ।

    उहाँले अहिले देश जटिल परिस्थिती र आर्थिक संकटमा रहेको भन्दै केही समयमा निरासा हट्ने बिश्वास ब्यक्त गर्नुभयो ।सो अवसरमा  पूर्व अध्यक्षहरू ज्ञान प्रसाद ज्ञवाली,राम प्रसाद पोख्रेल , मीन प्रसाद पोख्रेल त्यस्तै गोपाल ज्ञवाली,चिन्तामणि ज्ञवाली,यादब ज्ञवाली,वसन्त श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो।

    सो कार्यक्रमको संचालन सम्पर्क समाजका सचिब षडानन्द पोख्रेलले गर्नुभएको थियो ।thorga.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology