Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही उद्योग संघमा एमाले-कांग्रेस बिरूद्धमा नयाँ प्यानलको उम्मेदवारी

रूपन्देही उद्योग संघमा एमाले-कांग्रेस बिरूद्धमा नयाँ प्यानलको उम्मेदवारी

  • 2.0K
    SHARES

  • रूपन्देही उद्योग संघमा एमाले-कांग्रेस बिरूद्धमा नयाँ प्यानलको उम्मेदवारी

    बुटवल, असोज २८ ।

    रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन ।

    उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९ गते भोली निर्वाचन हँुदैछ । उम्मेदवारी दर्ता भने असोज २७ गो हिजो भएको हो । स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

    पूर्व महिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन । खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृ हुन । त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको छ । वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनले यसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए ।

    ज्ञवाली २०६८ सालमा वस्तुगत समितिको सचिव र २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन । यस्तै सचिवमा कमल ज्ञवाली र सह कोषाध्यक्षमा पे्रम बहादुर आलेको उम्मेदवारी परेको छ ।खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार र अशोक कुवँरको उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई र मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन ।

    उद्योग संघको नयाँ नेतृत्वका लागि केही व्यक्तिले आफ्नो स्वार्थका लागि संस्था कब्जा गर्ने हेतुले अर्को प्यानल खडा गरेको स्वतन्त्र उद्योगी प्यानल समूहको जिकिर रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology