बुटवल, असोज २८ ।
भाेलि रुपन्देही उद्योग संघको २३ औं अधिवेशन हुन गैरहेको छ । अधिवेशनले संघको आगामी नया नेतृत्व चयन गर्दैछ । चुनावको उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएको छ र उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसार अभियानमा संघको द्वितीय उपाध्यक्ष पदमा संघका वर्तमान महासचिव हरि बहादुर खत्री उम्मेदवारी दिएर उद्योगीहरुका वीचमा पुगिरहेका छन् ।
खत्री २०६७ सालमा रुपन्देही उद्योग सघको सदस्यता लिएर उद्योगीहरुको नेतृत्व गर्न अगाडी बढेका हुन । संघको सदस्यता लिएको १ वर्षमै स–मिल बस्तुगत उपसमितिको संयोजक बनेर आफ्नो नेतृत्व क्षमता देखाउन थालेका खत्रीले संघको महासचिवसम्मको जिम्मेवारी सफलता पूर्वक पुरा गरेका छन् । यस वीचमा उनले संघमा २०७०–७४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्य, २०७४–७६ सहकोषाध्यक्ष, २०७६–७८ कोषाध्यक्ष र २०७८–८० सम्म महासचिवको जिम्मेवारी निभाएका हुन ।
खत्री उद्योग क्षेत्रमा प्रवेश कसैको प्रेरणा वा पारिवारिक विरासतबाट गरेका होइन । उनलाई अप्रत्याशित रुपमा आफ्नै सोंच र अनुभवले उद्योगी अवसर आएको बताउछन् । गुल्मीको चन्द्रकोट गाउपालिका वडा नं ८ गेघुङमा २०३९ साल चैत्र ५ गते बुवा टिका बहादुर खत्री र माता मायादेवि खत्रीको कोखबाट जन्मीएका हरि बहादुर खत्री पठाईको सिलसिलामा रुपन्देही झरेका हुन । २०५४ सालबाट आफ्नो फुपुको घरमा बसेर रुपन्देहीको फर्साटिकर माविमा अध्ययनतर खत्रीले २०६२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।
२०६२ सालमा एसएलसी उत्तिर्ण गरेका हरि बहादुर खत्रीले त्यसभन्दा अगाडीदेखि नै पढाई र जागिरलाई सगै अगाडी बढाउने निधो गरेर काम गरेका हुन । त्यसैक्रममा स्थानिय रुपन्देहीको शुद्धोधन गाउपालिका–४ मा रहेको लिटिल फ्लावर माविमा एकाउन्ट र पढाउने जिम्मेवारी लिन पुगे ।
२०५७ देखि ६७ सालसम्म उनले सो पेशा गरेका हुन । जिवनमा पहिलो जागिरबाट बुझेको पैसा लिएर उनी भारतको नौतनवा साइकल किन्न भएर साइकल लिएर उहीबाट साइकल चलाउदै बुटवल आएका हुन । त्यो क्षण उनको जिन्दगीको सबैभन्दा खुशीको क्षण मात्र भएन उनले त्यत्तिबेला संसार जितेको अनुभूति गर्न पुगेका थिए । आज पनि उनले त्यो क्षणलाई विर्सन सक्दैनन ।
शिक्षण पेशा र एकाउन्टको जिम्मेवारी सम्हादै गर्दा सोहि विद्यालयको भवन निमार्ण भैरहेको थियो । त्यस क्रममा उनले त्यसको रेखदेख गर्ने जिम्मा पनि पाएको र आवश्यक फर्निचर, सिमेन्ट, वालुवा लगायतको व्यवसापन गर्नु पर्दथ्यो । सोहि काम गर्ने क्रममा फर्निचरका लागि स–मिलमा लगातार जादै गर्दा उनलाई काठको काम गर्ने सोंच पलाएको बताउछन् ।लगातारको स–मिल धाउदै गर्दा पलाएको सोंचलाई उनले आफ्ना तिन भाईलाई सुनाएपछि मिलेर स–मिल खोल्ने योजनाले साकार रुप लिएको खत्रीको भनाई छ । यो काम उनले शिक्षण पेशा गर्दैगर्दा नै थालेका हुन ।
आज त्यसले उनलाई यस क्षेत्रको एक सफल उद्योगी बनाएको छ । उनले त्यत्ति बेला नै दर्ता गरेको प्रशंसा स–मिल तथा फर्निचर उद्योग उनले निरन्तर १८ बर्षदेखि चलाउदै आएका छन् । उनी उद्योगी बन्ने अवस्थासम्म आइपुग्दा धेरै उतारचढाव झेल्नु परेको सुनाउछन् । आफु ५ बर्षको उमेर हुदा बुवालाई गुनाउनु परेको नमिठो अवस्था झेलेका खत्रीलाई आमाले नसकि नसकि स्कूल पढ्न पाएको बताउछन् ।
त्यो कुरा वाल सुलभ अवस्थामा पनि अनुभूति गरेको र २ कक्षामा पढ्दै गर्दादेखि स्कूलमा आफ्ना साथीहरुलाई चकलेट, विस्कुट, वरफ बेच्ने गरेको सुनाउछन् । कुनै पनि काम गर्न लाज नलाग्ने सानैदेखिको वानी नै आजसम्मको सफलताको सिंढी चढ्ने हतियार बनेको उनी बताउछन् ।
रुपन्देही उद्योग संघको द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका खत्रीले आफ्नो उम्मेदवारी उद्योगीहरुको समस्यामा साथ दिने र लड्ने लक्ष्यकासाथ भएको बताउदै अनुभव एवं जिम्मेवारीले संघको नेतृत्व गर्न अगाडी बढेको बताउछन् । पछिल्लो समयमा उद्योग व्यवसायको क्षेत्रमा देखापरेको मन्दी र त्यसबाट आएको संकटलाई सबै उद्योगीहरु मिलेर सामना गर्नु पर्ने बताउदै खत्रीले संघलाई सबैको साझा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
हिजो संघको विभिन्न पदमा रहेर उद्योगीहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरुको हितमा उभिएको उनको दावी छ । खत्रीले आफुले संघमा रहदासम्म टिम वर्कमा विश्वास गरेको हुदा अगाडीका दिनमा पनि टिमको भावना अनुसार चल्ने प्रतिवद्धता जनाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)