गुल्मी,असाेज २७ ।
अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)को आयोजनामा दशैँको अवसरमा बृहत नवाह ज्ञान महायज्ञ सप्ताहकाे सम्पूर्ण तयारी पुरा भएकाे छ ।
“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित (एएनएमसी)ले आँउदो अक्टोबर १५ देखि २३ तारिक अर्थात असाेज २८ गते आइतबार देखि अष्ट्रेलियाको मेलवर्नमा शुरू हुन लागेकाे नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ काे सम्पूर्ण तयारी पुरा भएकाे अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी) अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साथै ज्ञान महायज्ञ सप्ताहकाे स्थल निर्माण ,रङराेदन,सवारी साधनको पार्किङ लगायतका कामहरू सम्पन्न भएकाे छ । साथै भाेलि देखि शुरू हुने ज्ञान महायज्ञमा मुख्य प्रवचनकाे रूपमा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल सहितका कलाकारहरू मेलवर्नमा आइपुग्नुभएकाे समेत अध्यक्ष भट्टराईले बताउनु भयाे ।
हप्ताको सोमवार देखि शुक्रवारसम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म एवंम् शनिवार र आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म ज्ञान महायज्ञ सप्ताह हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै आरतीको समय भने साँझ ७ः३० बजे रहेको छ । साथै ज्ञान महायज्ञको अक्टोवर १५ तारिक अर्थात असाेज २८ गते आइतबार उद्घाटन गरि शुरू हुने सप्ताह २४ अक्टोबरमा समापन हुने जनाइएको छ ।
महायज्ञ सप्ताह सञ्चालन भने १०० डन्कन्स लेन, डिगर्स रेस्टस्थित आफ्नै जग्गामा हुन लागि रहेको महायज्ञमा सहयोग र सहभागिताको लागि सबैलाई अनुरोध गरेको छ । एएनएमसीले १५ एकर जग्गा खरिद गरी नेपाली मन्दिर सहितको बहुसांस्कृतिक केन्द्र बनाउने लक्ष्यका साथ गुरूयोजनालाई अगाडि बढाइरहेको छ ।
२०१४ मा स्थापना गरिएकाे अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी)ले अष्ट्रेलियामा मिनि नेपाल बनाउने लक्ष्य सहित नेपालीहरुको कला,संस्कृतिको जर्गेना र संरक्षण एंवम् प्रर्वद्धन तथा प्रचार प्रसार गरि सामाजिक सेवा र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएकाे छ । महायज्ञले सबै नेपालीहरुलाई एकताबद्ध गराउने र आफ्नो धार्मिक आस्था अनुसार चाडपर्व मनाउने र नँया पुस्ताहरुमा हाम्रो संस्कार र संस्कृतिको जर्गेना गदै सिको गराउन सहयोग पुग्ने देखिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)