Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

खडकभूमि कालिका मन्दिरमा देवी लिला महोत्सवको सम्पूर्ण तयारी पूरा

खडकभूमि कालिका मन्दिरमा देवी लिला महोत्सवको सम्पूर्ण तयारी पूरा

  • 1.4K
    SHARES

  • खडकभूमि कालिका मन्दिरमा  देवी लिला महोत्सवको सम्पूर्ण तयारी पूरा

    कौरव खत्री /गुल्मी,असोज २७ ।

    गुल्मीको मुसिकोट नगरपालिका ९ डॅासिकोट स्थित रहेको  खडकभूमि कालिका मन्दिरमा धार्मिक,सांस्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

    साथै मन्दिर आज गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउदै खड्गभूमी कालिका मन्दिर मुसिकोट नगरपालिका ९ गुल्मीका अध्यक्ष रामकृष्ण कंडेलले  महोत्सवलाई  सफल बनाउन ५सय १ सदस्यीय मुल समारोह समिति गठन,१ सय,२१ सदस्यीय सल्लाहकार समिति गठन,२३ सदस्यीय सचिवालय समिति गठन गरिएको जानकारी गराउदै  खड्गभूमी कालिका मन्दिर धार्मिक तथा एतिहासिक महत्त्व  रहेको जानकारी गराउनु भयो ।

    साथै महोत्सवका अन्तर्राष्ट्रिय समन्वय समिति संयोजक टिकाराम खरेलले मन्दिरको वृद्धि र  दिगो विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो ।  साथै  महोत्सवलाई सभ्य र भव्य  रूपमा सफल बनाउनका लागि स्वदेश तथा विदेशमा  आर्थिक संकलन,पुजा स्थल निर्माण,मन्दिर रङरोदन,महोत्सव स्थल निर्माण,सरसफाइ तथा मञ्च व्यवस्थापन  लगायतका कार्यहरू पुरा गरिएको महोत्सवका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

    साथै भोलि अर्थात असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म धार्मिक,सांस्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सवमा  विविध अनुष्ठान सहित श्री दुर्गा सप्तशती पाठपारायण संगीत एवं झाँकीमय दित्य देवी कथा धार्मिक सांस्कृतिक तथा पुनर्मिलन महोत्सवमा नवनिर्मित मन्दिरमा देवी खड्ग कालिका मन्दिरको उद्घाटन  धार्मिक, सांस्कृतिक, अध्यात्मिक, बहुआयामिक महोत्सव  र भागवत् वाचक पण्डित भजनशिरोमणि  चेतराज कंडेल लगायत राष्ट्रिय स्तरका ख्याती प्राप्त  कलाकारद्वारा भजनकीर्तन लगायत कार्यक्रमहरू महोत्सवका आकर्षक रहेको खड्गभुमी कालिका मन्दिर मुल समारोह समिति अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

    साथै महोत्सवको लक्ष्य भनेको मन्दिरको नयॅा भवन उद्घाटन गर्ने,सबै आफन्तजनहरू एक ठॅाऊमा उपस्थित हुने,आर्थिक  सहयोग जुटाई मन्दिरमा हवनकुण्ड,अतिथि(निवास,भोजनालय, शौचालय, वाचनालय, सचिवालय र प्रतिक्षालय  निर्माण कार्य गरिने  महोत्सवका अध्यक्ष  कंडेलले जानकारी दिनुभयो ।यस कार्यमा  तन, मन, धन र कर्मले  सहयोग गरिदिन सम्पूर्णलाई  महोत्सवका अध्यक्ष  कंडेलले अनुरोध गर्नु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology