बुटवल, असोज २७ ।
सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा भाेलिदेखि संचालनमा ल्याउने भएको छ ।यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनादेखि देवीनगरमा तेस्रो शाखा शुभारम्भ गर्न थालेको हो ।
शाखा शुभारम्भको पुर्वसन्धामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरलले स्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताउनुभयो ।
शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उहाँले अन्य तीनबटा स्थानमा खोलिएका मिष्ठान भण्डारमा ५ करोडको लगानी रहेको बताउनुभयो । उहाँले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताउनुभयो । बुटवलमा स्पेशल लड्डु र दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ र पाँच सय लिटर दुध खपत हुने गरेको संचालक पार्वती पोखरेलले बताउनुभयो ।
मिठाइ उत्पादनकालागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताउनु भएका संचालक पोखरलेले चाडपर्वको समयमा ग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिनुभयो । मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्ष समेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)