Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

  • 1.0K
    SHARES

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

    काठमाडाैँ,असाेज २६ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत, काठमाडौंबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरु पुनरावेदन गरिएको छ ।

    प्रतिवादी भरतराज आचार्यले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४१ असोज १२ देखि २०७६ जेठ मसान्तसम्मको वैध आय दुई करोड सात लाख ७९ हजार ९८६ रुपियाँ र सो अवधिको व्यय पाँच करोड २९ लाख ४२ हजार ४६६ रुपियाँ देखिएकोले उनीविरुद्व तीन करोड २१ लाख ६२ हजार ४८० रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ ।

    यसैगरी, रामजी रिजाल सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४० कात्तिक ६ गतेदेखि २०७५ पुस मसान्तसम्मको अवधिको आय एक करोड ९६ लाख ८६ हजार ५०९ रुपियाँ छ । सो अवधिमा प्रतिवादी रिजालको व्यय चार करोड ९४ लाख २४ हजार ८१९ रुपियाँ रहेकोले दुई करोड ९७ लाख ३८ हजार ३१० रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको दाबी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology