कौरव खत्री /गुल्मी असोज २५।
गुल्मीको मुसिकोट नगरपालिका ९ डॅासिकोट स्थित रहेको खडकभुमि कालिका मन्दिरमा धार्मिक,सांस्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सवको उद्घाटन आइतबार गरिने भएको छ ।
साथै आउदो असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म अर्थात वडादशैंको घटस्थापनाको दिनदेखि फुलपातीको दिनसम्म धार्मिक,सांस्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सव सञ्चालन गर्न लागिएको खडकभुमि कालिका मन्दिर मुल समारोह समिति अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो । साथै यतिबेला महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउनका लागि स्वदेश तथा विदेशमा प्रचार प्रसार र आर्थिक संकलन,पुजा स्थल निर्माण,मन्दिर रङरोदन,महोत्सव स्थल निर्माण,सरसफाइ लगायतका कार्यलाई तिव्रता दिएका महोत्सवका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
साथै महोत्सवका विविध अनुष्ठान सहित श्री दुर्गा सप्तशती पाठपारायण संगीत एवं झाँकीमय दित्य देवी कथा धार्मिक सांस्कृतिक तथा पुनर्मिलन महोत्सवमा नवनिर्मित मन्दिरमा देवी खड्ग कालिका मन्दिरको उद्घाटन धार्मिक, सांस्कृतिक, अध्यात्मिक, बहुआयामिक महोत्सव र भागवत् वाचक पण्डित भजनशिरोमणि चेतराज कंडेल लगायत राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारद्वारा भजनकीर्तन लगायत कार्यक्रमहरू महोत्सवका आकर्षक रहेको महोत्सवका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
साथै महोत्सवको लक्ष्य भनेको मन्दिरको नयॅा भवन उद्घाटन गर्ने,सबै आफन्तजनहरू एक ठॅाऊमा उपस्थित हुने,आर्थिक सहयोग जुटाई मन्दिरमा हवनकुण्ड,अतिथि(निवास,भोजनालय, शौचालय, वाचनालय, सचिवालय र प्रतिक्षालय निर्माण कार्य गरिने महोत्सवका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।यस कार्यमा तन, मन, धन र कर्मले सहयोग गरिदिन सम्पूर्णलाई महोत्सवका अध्यक्ष कंडेलले अनुरोध गर्नु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)