Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही २ काे क्षेत्रिय सभापतिमा ढकाल र सहसचिवमा रजालीलाइ उम्मेदवार बनाउने कांग्रेसकाे घाेषणा

रूपन्देही २ काे क्षेत्रिय सभापतिमा ढकाल र सहसचिवमा रजालीलाइ उम्मेदवार बनाउने कांग्रेसकाे घाेषणा

  • 2.0K
    SHARES

  • रूपन्देही २ काे क्षेत्रिय सभापतिमा  ढकाल र सहसचिवमा रजालीलाइ उम्मेदवार बनाउने कांग्रेसकाे घाेषणा

    बुटवल,असाेज २४ ।

    नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ क्षेत्रीय समितिको सभापति र सहसचिव पदका लागि पार्टीको शेखर कोईराला पक्षले उम्मेदवार घोषणा गरेको छ ।सो समुहले सभापतिमा हालका कार्यबाहक सभापति फर्सुराम ढकाल र सहसचिवमा नरबहादुर रजालीलाई उम्मेदवार घोषणा गरेको हो ।

    नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य रामबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपामहानगर समितिका सभापति समेत रहेका बुटवल उपमहानगरपालिकाका सभापति तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य गोविन्द लम्साल , कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं १० का सभापति किशनबहादुर थापा,सभापतिका आकांक्षीहरू कृष्णप्रसाद बेलबासे,नेत्रप्रसाद भट्टराई
    शरद भट्टराई ,नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ७ का सभापति दीनानाथ गिरी लगायतले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

    नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति हरी लम्सालले राजिनामा ,दिएपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आश्विन २४ २०८०१०:५८:३१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology