Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हट्यो

नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हट्यो

  • 918
    SHARES

  • नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा  हट्यो

    बुटवल, असोज २३ ।

    स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनदेखि नेपालगञ्जमा लगाउँदै आइएको कर्फ्यु  र निषेधाज्ञा मङ्गलबारबाट हटेको हो ।

    असोज १६ गते दिउँसो १ बजेदेखि लगाइँदै आएको कर्फ्यु र त्यसपछि लगाइएको निषेधाज्ञा मङ्गलबार बिहान ४ बजेदेखि पूर्णरुपमा हटाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो । त्यसपछि राति कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो ।

    नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा समय घटाउँदै लगेको थियो ।नेपालगञ्जमा उत्पन्न विषम परिस्थितिमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालना गर्ने आम सर्वसाधारण नागरिक, समन्वय र सहयोग गर्ने धर्मगुरु, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मीलगायत सबैलाई बाँके प्रशासनले आभार व्यक्त गरेको छ ।

    स्थानीय प्रशासनले नेपालगञ्जको पूर्वमा राप्ति नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाह नाका क्षेत्रभित्र कर्फ्यु र निषेधाज्ञा लगाउँदैआएको थियो । सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्ट्याटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology