बुटवल,मंसिर ३०-
अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिब विष्णु प्रसाद पौडेलले नेकपा भित्रको अन्तरविरोधमा सुँढ घुसाएर मुलुकलाई अस्थितरता तिर धकल्ने प्रयास भएको बताउनुभएको छ ।
नेकपामा विग्रहको खोजी गर्ने र विकल्प सरकार बनाउन सकिन्छ कि भनेर अध्यारो कोठामा योजना बन्ने प्रयास भएको उहाले बताउनुभयाे ।
बुटवलमा कान्ति माध्यमिक विद्यालयको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै उँहाले नेकपा भित्र अहिले देखिएका समस्यालाई ब्यवस्थापन र समाधान गरेर एकताबद्ध भएर अघि बढ्ने बताउँनु भएको छ । नेपालमा राजनीतिक अस्थिरताको खेति गर्ने जस्ता प्रबृत्तिलाई नेकपाले परास्त गर्ने उँहाको दाबी छ ।
प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले पुरा अवधि पुरा गर्ने उहाको दाबि छ । रुपन्देही जिल्ला प्रदेशको मात्र नभएर देश कै आर्थिक ,धार्मिक , पर्यटकिय क्षेत्रको केन्द्र बन्दै गएको उँहाले बताउँनुभयो ।
केही व्यक्तिहरूको अवरोधका कारण बुटवलको सडक निर्माण कार्य वर्षौंदेखि रोकिएको भन्दै अर्थमन्त्री पौडेलले अब बुटवलवासीले बिग्रिएको बुटवल अनुहार हेरेर बस्न नसक्ने र सडक बिस्तारको काम अगाडि बढ्ने बताउँनुयो । कान्ति माविलाई बिज्ञान विषयको हवको रुपमा विकास गर्नको लागि भन्दै ४ तले ३५ कोठे बिज्ञान भवन र छात्राबास भवन निर्माणको लागि मन्त्री पौडेलले शिलान्याश गर्नु भएको हो ।
उक्त भवन निर्माणको लागि लुम्बिनी प्रदेश र संघिय सरकारको समपूरक बजेट अन्र्तगत १८ करोड ३० लाख ७८ हजार स्वीकृत भई १३ करोड ६५ लाख १ हजारमा अर्घाखाँची लुम्बिनी जेभिले २ वर्षमा काम गर्ने गरि सम्झौंता भएको विद्यालयका प्रधानध्यापक गोविन्द ज्ञवालीले बताउँनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका बन , वातावरण तथा पर्यटन मन्त्री लिला गिरी ,प्रदेश सासद दधिराम न्यौैपाने , बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदि लगायतले बोल्नु भएको थियो । यस अघि अर्थमन्त्री पौडेलले बुटवलमा बन्न लागेको होराइजन चोक देखिे कालिकापथ भित्री सडकको अनुगमन समेत गर्नुभएको छ।
यस्तै आज सैनामैना चक्रपथ अनुगमन, बुटवल कालिकानगरको राजश्व कार्यालय अनुगमन, तिलोत्तमाको कुन्जपार्क निरीक्षण र मानव सेवा आश्रम तिलोत्तमाको शिलान्यास गर्ने गर्नुभयाे ।
कालिकापथ सडकको निरिक्षण :
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विहान बुटवलको कालिकापथ सडकको निरिक्षण गर्नुभएको छन्। उहाले कालिकानगरबाट अस्पताल लाइनसम्म पैदल हिडेर विस्तार हुँदै गरेको कालिकापथ सडकको अवलोकन गर्नुभयाे ।
रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले सडकको निर्माणको प्रगती, गुणस्तरियता, लगायतका बारेमा जानकारी लिनुभयाे ।
स्थलगत अवलोकनका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि, प्रदेश सभा सदस्य दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य लगायत सहभागी थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)