Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

विश्व मानसिक स्वास्थ्य दिवसमा सचेतनामुलक साइकल र्याली

विश्व मानसिक स्वास्थ्य दिवसमा सचेतनामुलक साइकल र्याली

  • 1.7K
    SHARES

  • विश्व मानसिक स्वास्थ्य दिवसमा सचेतनामुलक साइकल र्याली

    बुटवल,असोज २३ ।

    विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा रुपन्देहीमा सचेतनामुलक साइकल र्याली गरिएको छ । ‘मानसिक स्वास्थ्य सबैको नैसर्गिक अधिकार, कलंक र भेदभावको अन्त्यको लागि साईकल यात्रा’ नारासहित अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवसमा मंगलबार बुटवलमा कार्यक्रम गरिएको हो ।

    नेपाल मनोचिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजना, क्युस्ट फार्माच्युटिकल्सको सहयोग तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स, रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको सहआयोजनामा बुटवल योगीकुटीबाट शुरु भएको यात्रामा सहभागीहरुले मानसिक स्वास्थ्य सबैको नैसर्गिक अधिकार, विभेद होईन सदभाव फैलाऔ, मानसिक स्वास्थ्य बिना शारीरीक स्वास्थ्य संभव छैन, संवाद र संदभाव आजको आवश्यकता, समयमै उपचार गरे मानसिक रोग निको हुन्छ, मानसिक रोगको कलंक र भेदभाव को अन्त्य गरौ, आवश्यक सहयोग माग्न आफ्टेरो मान्नू हूदैन, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा अपनाऊँदा जीवन बचाऊँन सकिन्छ, कुल,भुत–प्रेत र पूर्व जन्मको पाप होईन मानसिक समस्या, सबैका लागि मानसिक स्वास्थ्य बढी लगानी ,सहज पहुच, मानसिक स्वास्थ्य सबैका लागि बिश्वव्यापी प्राथमिकता प्लेकार्डसहित सचेतना जगाउदै भैरहवा पुगेर पुनः बुटवल फर्केर यात्रा समापन गरिएको थियो ।

    समापन कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव तथा कार्यक्रमको संयोजक बिमल ढकालले बताए । बुटवल योगीकुटीबाट शुरु हुने यात्रा मणिग्राम, भैरहवा हुदै पुनः बुटवल फर्केर यात्रा समापन कार्यक्रममा नेपाल मनोचिकित्सक संघ लुम्बिनी शाखाका संयोजक डा असिम रेग्मीले स्वस्थ्य र अधिकारको विषयमा सबैले ज्ञान राख्नुपर्ने बताए । शारीरिक र मानसिक रुपमा स्वस्थ्य भएमात्र ब्यक्तिबाट समाजर देशलाई सकारात्मक उर्जा प्राप्त हुने उनले बताए । 

    कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका सचिव तथा कार्यक्रमको संयोजक बिमल ढकाल, रोटरी क्लब अफ लुम्बिनी स्टारका संस्थापक यादव प्रसाद भण्डारी, रोटरी ईन्टरनेश्नल ३२९२ डिआईआर ईलेक्ट बिक्रम क्षेत्री, रोट्याक्ट क्लब अफ लुम्बिनी स्टारका अध्यक्ष जया भण्डारी, अभिषेक भारीले सचेतना र साईक्लिङलाई जोडेर गरिएको कार्यक्रमको प्रभाव सकारात्मक हुने बताए । कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुगानाले बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठलाई साईक्लिङ कोष स्थापनाको लागि ५ हजार ५ सय रुपैया सहयोग गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology