Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘घरदैलोमा मतदातालाइ एजेण्डा सुनाउँदै मत माग्यौँ,भोलि सबैले मतदानमा सहभागिता जनाउनू’: दिनेशप्रसाद श्रेष्ठ

‘घरदैलोमा मतदातालाइ एजेण्डा सुनाउँदै मत माग्यौँ,भोलि सबैले मतदानमा सहभागिता जनाउनू’: दिनेशप्रसाद श्रेष्ठ

  • 2.9K
    SHARES

  • ‘घरदैलोमा मतदातालाइ एजेण्डा सुनाउँदै मत माग्यौँ,भोलि सबैले मतदानमा सहभागिता जनाउनू’: दिनेशप्रसाद श्रेष्ठ

    बुटवल,असाेज २१ ।

    भोलि हुने चुनावी कार्यक्रम अघि बुटवल उद्योग बाणिज्य संघका उम्मेदवारहरुले घरदैलो सकेका छन् । करिब-करिब सबै उद्योगी -ब्यबसायीलाइ भेटेरै उनीहरुले आफ्ना एजेण्डा सुनाउँदै मत मागे। अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठले प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको भन्दै सबै उद्योगी- ब्यवसायीहरुलाइ भोलि मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउन आग्रह गरेका छन् । 

    उनी भन्छन्-‘आज हामी प्रचारप्रसारको अन्तिम चरणमा छौं ,बजारमा प्राय सबै ठाउँमा जान सकेनौं होला त्यसका लागि क्षमा पनि चाहान्छौं । अभियानमा नयाँ पुराना सदस्यहरुसँग भेट गर्ने  अवसर पायौं,उहाहरुका समस्याबारे पनि जान्ने अवसर मिल्यो ,बजार हाम्रो पक्षमा सकारात्मक छ,युवाहरुको नेतृत्व आउनु पर्छ भन्ने उहाहरुको मतले थप हौसला प्रदान गरेको छ । ’

    उनले भने -‘हाम्रै प्यानलबाट टंक सर वरिष्ठ उपाध्यक्ष तथा वाणिज्य उपाध्यक्षमा विमलदाई नर्विरोध हुनु नै हाम्रो लागि थप प्लस पोइन्ट हो । ’वरिष्ठ उपाध्यक्ष टंक गैरेले श्रेष्ठ नेतृत्वको टिम सधै उद्योगी व्यवसायीको हितमा लाग्ने बताए । उनले भने- ‘दिनेश श्रेष्ठ प्यानलबाट हामीलाई निर्विरोध निर्वाचित गराउनु भएकोमा सम्पूर्ण सदस्यहरुमा आभार व्यक्त गर्न चाहान्छु । ’

    वाणिज्य उपाध्यक्ष विमल भट्टराईले दिनेश श्रेष्ठको प्यानलबाट निर्विरोध हुन पाउनु खुसीको कुरा भएको बताए। उनले भने-‘बुटवल क्षेत्रको समग्र विकासमा हामी साथसाथ हिड्ने छौं ,बुटवलको सुस्ताएको बजारलाई सशक्त बनाउन हाम्रो टिम लाग्ने छ । त्यसैले पनि यो टिमले जित्न सक्छ भन्ने आधारहरु छन्  ।’

    संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ । अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको उम्मेदवारी परेको छ । संघमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology