काठमाडाैँ,असाेज २१ ।
इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अविवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ ।राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको बताइन् ।
उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य दुई जना भने प्रहरीको सम्पर्कमा रहेका छन् । समयमा उपचार नपाएकै कारण गोली लागेका उनीहरुको मृत्यु हुन पुगेको आशंका गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)