बुटवल,असोज २० ।
बुटवल उद्योग वाणिज्य सङ्घमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनको माहोल तीव्र भएको हो । हिजो उद्घाटन भएको साधारणासभा तथा अधिवेशनमा आज मनोनयन र २२ गते मतदान हुने कार्यक्रम छ ।
उद्योग वाणिज्य सङ्घको इतिहासमा पदाधिकारीमा पहिलो पटक महिला धन कुमारी खनाल (सविता) ले सह कोषाध्यक्ष उम्मेदवारी दिदै हुनुहुन्छ ।न्यु आर बि सप्लायर्स बुटवल ९ कालिका पथमा ब्यवसाय रहेकी खनाल यसअघि सङ्घमा २०६८ देखि दुई कार्यकाल सदस्य , महिला उद्योगी सल्लाहकार रूपमा काम गरिसक्नुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश ५ को महिला समिति सदस्य भएका कारणले उद्योगीहरूका समस्या तथा नीतिगतरुपमा ब्याबसाहिका आवाज उठाउन सक्ने महिलाको रूपमा परिचित हुनुहुन्छ ।रुपन्देहीको गैडहबा गाउँपालिका पालिका ८ मा मरासिनी एकीकृत कृषि एग्रो फर्ममा दर्ता भई माछा कुखुरा हाँस बाख्रा पालन ब्याबसाय समेत छ ।
खनालले बुटवलका विभिन्न सामाजिक सङ्घ संस्थामा समेत हुनुहुन्छ ।उहाँले आफूलाइ सबैले मत दिएर जिताउन आग्रह गर्नुभएको छ ।बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । अहिले दिनेशप्रसाद श्रेष्ठ र हरि अर्यालले छुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)