बुटवल,असोज १९।
बुटवलका उद्योग वाणिज्य संघको चुनावमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डे उम्मेदवार छन् । संघको असोज १९ गते सुरुभएको अधिवेशनमा उनी दिनेशप्रसाद श्रेष्ठ प्रयानलबाट उद्योग सदस्य पदमा उठेका हुन् ।
महालक्ष्मी मसला उद्योगका संचालक पाण्डेले दिनेश श्रेष्ठको प्यानलबाट उद्योग सदस्य पदबाट मैदान छन् । युवा तथा सामाजिक रूपमा विभिन्न सङ्घ संस्थाको नेतृत्व गरेका पाण्डे व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता राख्ने दाबी गर्दछन् ।
उनले खुद्रा किराना व्यावसायि सङ्घको महासचिव हुँदै अहिले सल्लाहकार रहेका छन् । यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।
बुटवलको मिलन चोकमा किरानावाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ । ब्यबसायी दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू नेतृत्व लिनको लागि मैदानमा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)