Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भिजन लुम्बिनीको आइपिओमा १३ लाख ६८ हजार १ सय ५० आवेदन

भिजन लुम्बिनीको आइपिओमा १३ लाख ६८ हजार १ सय ५० आवेदन

  • 3.1K
    SHARES

  • भिजन लुम्बिनीको आइपिओमा १३ लाख ६८ हजार १ सय ५० आवेदन

    कास्की,असाेज १८ ।

    सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक शेयर (आइपिओ) मा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता शेयर आवेदन परेको छ ।

    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक शेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकामा रू १३ करोड ६८ लाख १५ हजार बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

    प्रभावितका लागि जारी गरिएको आइपिओमा तोकिएको सङ्ख्याभन्दा पाँच लाख ४४ हजार तीन सय ५० कित्ता न्यून आवेदन परेकाले प्रक्रिया पूरा गरेका सबैले शेयर प्राप्त गर्ने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका-१, २, ३, ४ र पोखरा महानगरपालिका-१९ का स्थानीय बासिन्दाका लागि शेयर जारी गरेको थियो ।

    कम्पनीको आइपिओमा आस्वाबाट छ सय ३९ जनाले पाँच लाख ६७ हजार दुई २० कित्ता र भौतिक उपस्थित भएर आठ सय ७९ ले आठ लाख नौ सय ३० कित्ता आवेदन गरेका छन् ।

    भिजन लुम्बिनीले आफ्नो जारी पूँजी रू एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात रू १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।seti-nadi hydero vision lumbini.jpg

    कम्पनीले सर्वसाधारणलाई छुट्याइएको शेयर को १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्काशन गरी असोज १५ गते बाँडफाँड गरिएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।

    कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउँदै आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार ढिलोमा आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ । मङ्सिर पहिलो साता आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको पोखरेलको भनाइ थियो ।

    स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

    “भूमिगत पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालेर विद्युत उत्पादन हुनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ”, पोखरेलले भने । उनका अनुसार उक्त आयोजनामा पाँच अर्ब लगानी रहेको छ । रू तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको कम्पनीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology