Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यान अध्यक्षमा चन्द निर्विरोध निर्वाचित,सचिवमा पारस बिजयी

क्यान अध्यक्षमा चन्द निर्विरोध निर्वाचित,सचिवमा पारस बिजयी

  • 2.8K
    SHARES

  • क्यान अध्यक्षमा चन्द निर्विरोध निर्वाचित,सचिवमा पारस बिजयी

    काठमाडाैँ,असाेज ६ ।

    नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उपाध्यक्षमा रोशनकुमार सिंह पनि निर्विरोध निर्वाचित भएका हुन्।

    सचिव पदका लागि भने निर्वाचन भएको थियो। सचिवमा नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका हुन्।उनले प्रशान्तबिक्रम मल्‍ललाई पछि पारेका हुन्। पारस खड्काले ४८ मत पाउँदा प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए। कुल ८५ मत खसेको थियो।

    यस्तै कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।खुला सदस्यमा धिरेन्द्र सावद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द र करनमहत्रा क्षेत्री निर्वाचित भएका हुन्। क्षेत्री गोलाप्रथाबाट चुनिएका थिए।

    कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदिप शर्मा, लुम्बिनीबाट प्रदिप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम बिष्ट सदस्य चुनिएका हुन्। कर्माचार्य गोलाप्रथाबाट चुनिएका थिए। मजगैया र केसी निर्विरोध निर्वाचित भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सुरज ज्ञवाली

    चितवन,सम्वाददाता

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology