Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौंका मेयर बालेनले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौंका मेयर बालेनले दिए सिंहदरबार जलाउने धम्की

  • 2.0K
    SHARES

  • काठमाडौंका मेयर बालेनले दिए सिंहदरबार जलाउने धम्की

    बुटवल,भदाै १७ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

    ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।

    त्यसैको रिस उनले सामाजिक सञ्जालमा फेरेका छन्।‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए।

    कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले केही बेर सरकारी गाडी रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। एक अधिकारीले दिएको जानकारी अनुसार गाडीपछाडि महिला बसेकी थिइन्। चालक आफैंले काठमाडौं महानगरपालिकाको गाडी रोक्नुपर्नाको कारण के-हो भनेर सोधेको ती अधिकारीले बताए।

    स्रोतका अनुसार कोटेश्वरमा पत्नी चढेको गाडी रोकिएपछि मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए। उनले काठमाडौं महानगरपालिकाको गाडी चेकिङ गर्नाको कारण पनि सोधखोज गरेका थिए।

    ‘बिदाको दिन सरकारी गाडी चेक हुन्छ। कुन उद्देश्यका लागि चलेका छन् भनेर सोधखोज गर्नु ड्युटीमा खटिएका प्रहरीको कर्तव्य हो। उनीहरूले आफ्नो कर्तव्य पालना गरेका हुन्। मेयर शाहलाई यसमा चित्त बुझेनछ,’ प्रमुख जिल्ला अधिकारी स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकाका कुनै पनि गाडी रोकिनु हुँदैन भन्ने उहाँको सोच रहेछ। पछि स्ट्याटस पनि त्यही ढंगबाट आयो।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology