Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने

बुटवलमा संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने

  • 2.2K
    SHARES

  • बुटवलमा संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने

    बुटवल,भदौ १६ ।

    बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ।

    बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि यही भदौ २८ गते परीक्षा सञ्चालन गर्ने भएको हो।

    बुटवलका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सम्बन्धित कोटामा प्राप्त हुने सुविधा प्राप्त हुने गरी परीक्षा सञ्चालन गर्न र आरक्षणअनुसारकै विद्यार्थीले सुविधा पाउने व्यवस्था गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिए।

    संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार यही भदौ १८ गतेदेखि २५ गतेसम्म छात्रवृत्ति आवेदन फाराम भर्नका लागि बुटवल उपमहानगरपालिकाले सबै विद्यार्थीलाई आह्वान गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology