Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा पहिलो पटक मनाईयो छैठाैँ संस्कृत दिवस 

रुपन्देहीमा पहिलो पटक मनाईयो छैठाैँ संस्कृत दिवस 

  • 2.5K
    SHARES

  • रुपन्देहीमा पहिलो पटक मनाईयो छैठाैँ संस्कृत दिवस 

    बुटवल,भदाै १४ ।

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् ।

    नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेसनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

    तिलोत्तममा   मनकामना दुर्गा भवानि मन्दि , मनकामना टोल बिकास संस्था ,मनकामना आमा समूह र सनातन धर्म महासंघ ले सयुत्त रुपमा तिलोत्तमा को भलवारि मा आयोजना गरेको कार्यक्रमको उप संयोजक जीवन भण्डारीले बताउनुभयो । कार्यक्रमको प्रमुख वत्ता देवीप्रसाद पाण्डेले संस्कृत भाषाको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रमको सभापति रमेश पाण्डे  रकार्यक्रम सन्चालन जीवन भण्डारीले गर्नुभएको थियो  ।

    श्रावण शुक्ल पूर्णिमा ऋषिसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुआत गरिएको हो ।

    saskrita day.jpg

    प्राचीनकालमा शैक्षिक सत्रको सुरुआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology