Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

समाज रुपान्तरणमा मिडियाको सकारात्मक भुमिका रहनुपर्छ : मुख्यमन्त्री चौधरी

समाज रुपान्तरणमा मिडियाको सकारात्मक भुमिका रहनुपर्छ : मुख्यमन्त्री चौधरी

  • 1.5K
    SHARES

  • समाज रुपान्तरणमा मिडियाको सकारात्मक भुमिका रहनुपर्छ : मुख्यमन्त्री  चौधरी

    बुटवल,भदाै १ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले समाज रुपान्तरणमा मिडियाको सकारात्मक भुमिका रहनुपर्ने बताएका छन् ।

    बुटवलमा मिडिया सम्मेलनको उद्घाटन गर्दे उहाँले सरकार मिडियाासंग सहकार्य नै गरेर अघि बढ्न चाहेको बताए । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएकोमिडिया सम्मेलनको उद्घाटन गर्दै उनले अहिलेको लुम्बिनी प्रदेश सरकार मिडियामैत्री रहेको दाबी गरे ।

    चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए ।उनले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु ब्लियो भए मात्र सरकार बलियो हुने बताए ।media.jpg

    लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्यउद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइनमिडियाहरु सहभागी छन ।

    कार्यक्रममा बोल्दै प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले सरकारी बिज्ञापन समानुपातिक बितरण नहुनुका साथै बढ्दो आर्थिक संकटका कारण मिडिया चल्न नसक्ने अबस्थामा पुगेको बताए ।

    बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले सिमित पत्रकारहरुको हातमा  सरकारी बिज्ञापन भएको सधा मिडियामाबिज्ञापन आउन नसकेको बताए ।

    सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालकतथा प्रकाशकहरुको सहभागिता रहेको छ।

    हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षित,बरिष्ठ पत्रकार युवराज घिमिरे,प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत,तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण,बुटवल उपमहानगरका उपप्रमुख साबित्रादेबी अर्याल,सियारीका अध्यक्ष थानेश्वर घिमिारे,संघका उपाध्यक्ष बिष्णु भुसाल,सचिव माधव नेपाल लगायतले बोलेका थिए । सम्मेलन भोलि सकिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology