Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसले सुरू गर्‍यो आन्तरिक अभियान, १० दिन चल्ने

कांग्रेसले सुरू गर्‍यो आन्तरिक अभियान, १० दिन चल्ने

  • 1.1K
    SHARES

  • कांग्रेसले सुरू गर्‍यो आन्तरिक अभियान, १० दिन चल्ने

    काठमाडौं, साउन २० ।

    नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ।महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिबारदेखि सुरू भएको आन्तरिक अभियान १० दिन चल्नेछ।

    साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

    कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ।उनीहरूले संगठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला समितिहरूसँग छलफल गरेर आवश्यक रणनीतिसमेत तय गर्नेछन्।

    आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म ञसमुदायमा कांग्रेस राष्ट्रव्यापी अभियानझ सञ्चालन हुने महामन्त्री शर्माले बताए। 

    कांग्रेसले यो वर्ष ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने नीति लिएको छ। २०७८ मा भएको १४ औं महाधिवेशनमा कांग्रेस क्रियाशिल सदस्य ८ लाख ४६ हजार पुगेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology