Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको सरसफाइ र वृक्षरोपणमा सर्वसाधारणहरुको बाक्लाे सहभागिता (फोटोफिचर)

बुटवलको सरसफाइ र वृक्षरोपणमा सर्वसाधारणहरुको बाक्लाे सहभागिता (फोटोफिचर)

  • 2.2K
    SHARES

  • बुटवलको सरसफाइ र वृक्षरोपणमा सर्वसाधारणहरुको बाक्लाे सहभागिता (फोटोफिचर)

    बुटवल,साउन १९।

    बुटवल उपमहानगरपालिकाको ४५ दिने सरसफाइ तथा वृक्षरोपण कार्यक्रमअन्तरगत शुक्रबार राजमार्ग चौराहादेखि अस्पताल लाईनसम्म सरसफाइ तथा वृक्षरोपण गरिएको छ।

    कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सामाजिक तथा पेशागत संस्थाहरु, सामाजिक अगुवाहरु, सर्वसाधारणहरुको सहभागितामा सो क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरी वृक्षरोपण गरिएको छ।butwal sarsafai.jpg

    कार्यक्रमका क्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवल सफा र सुन्दर भएमा यसको लाभ सबैलाई हुने भएकाले आफ्नो नगर, टोल र घर सफा राख्न सबैले चासो दिनुपर्ने बताउनुभयो।sarsafai.jpg

    'बुटवल सफा हुँदा यहाँका बासिन्दा, व्यापारी, व्यवसायीदेखि सबैलाई लाभ हुन्छ यहाको प्रगतिमा यसले सकारात्मक प्रभाव पार्छ-उहाँले भन्नुभयो-सरसफाइ र हरियालीले हाम्रो स्वास्थ्य राम्रो हुन्छ, यसर्थ यो अभियान बुटवलबासी सबैका लागि हो, जो जसले जति सकिन्छ त्यति सहयोग गरौं।'

    उहाँले सामाजिक संघसंस्थाहरुले सरसफाइ र वृक्षरोपणलाई अरु बढी प्रभावकारी हिसाबले अगाडि बढाउदै संरक्षणमा पनि चासो दिनुपर्ने बताउनुभयो। उहाँले नगरले आह्वान गरेको अभियानमा संघसंस्था तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको र यसले बुटवललाई स्वच्छ, सफा र सुन्दर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

    उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल सफा भएमा बुटवलको सबै क्षेत्रलाई फाइदा हुने बताउनुभयो। उहाँले सरसफाइ र वृक्षरोपण अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो।25.jpg

    अभियानअन्तरगत हरेक दिन २० जनाले सरसफाइ र वृक्षरोपणलाई व्यवस्थित गर्ने र मसिनो गरी सफा गर्ने तथा हरेक शुक्रबार जनप्रतिनिधि र सामाजिक संस्थाहरुको सहभागितामा सफाइ र वृक्षरोपण गर्ने कार्यक्रम रहेको सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो।butwal safai.JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology