Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बीपी अध्ययन प्रतिष्ठानद्वारा ४१ औँ स्मृति दिवसमा शालिकमा माल्यार्पण  

बीपी अध्ययन प्रतिष्ठानद्वारा ४१ औँ स्मृति दिवसमा शालिकमा माल्यार्पण  

  • 1.2K
    SHARES

  • बीपी अध्ययन प्रतिष्ठानद्वारा ४१ औँ स्मृति दिवसमा शालिकमा माल्यार्पण  

    बुटवल,साउन ६ ।

    वीपी कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।

    बुटवल–७ बी.पी. बाटिकामा रहेको बी.पीको अर्धकदको शालिकमा आज बिहान माल्यार्पण गरिएको हो । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७ ले ४१ औं बीपी स्मृति दिवस र प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर बी.पी.को शालिकमा माल्यार्पण गरिएको हो ।  

    माल्यार्पण कार्यक्रममा बी. पी. कोईराला अध्ययन प्रतिष्ठानका कार्यबाहक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बी.पी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेसजनका लागि मार्गदर्शन रहेको बताउनु भयो ।

    बी.पी.को मार्गदर्शनलाई हरेक काँग्रेस जनले पार्टी जीवनमा अबलम्बन गर्दै आजैका दिनदेखि गुट उपगुटलाई छोडेर सबैले पार्टी एकतामा जोड दिनुपर्ने बताउनु भयो ।

    बी.पी. स्मृति दिवस, बी.पी. जयन्ती, राष्ट्रिय मेलमिलाप तथा एकता दिवस लगायतका अवसरमा प्रतिष्ठानले छलफल, अन्तरक्रिया, गोष्ठि तथा अन्य रचनात्मक कार्यक्रम गर्दै आएको कार्यवाहक अध्यक्ष क्षेत्रीले बताउनु भयो ।  

    कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सचिव खिमानन्द भट्टराईलगायतले बी.पी.ले अवलम्बन गरेको मेलमिलाप तथा एकताको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको धारणा राख्नुभएको थियो ।

    माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, पार्टीका महाधिबेशन प्रतिनिधि, प्रदेश तथा जिल्ला सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले ४१ औं बी.पी. स्मृति दिवसकै अवसरमा शनिवार सांझ बी.पी. बाटिकामा दीपावली गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सहसचिव दिनानाथ गिरीले जानकारी गराउनु भयो ।  

    बी.पी.स्मृति दिवसकै अवसरमा नेपाली कांगे्रस रुपन्देहीले तिलोत्तमा ११ भू.पू. सैनिकमा बृक्षरोपण, बुटवल नगर  समितिले बुटवल बी.पी. चोक स्थित बी.पी.को शालिकमा माल्यार्पण, क्षेत्रीय समिति क्षेत्र नं. १ रुपन्देहीले विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology