Logo बिहिवार, आश्विन १ गते २०८३
images

रास्वपा कुनै पार्टीको पछि लाग्दैन : सभापति रवि लामिछाने

रास्वपा कुनै पार्टीको पछि लाग्दैन : सभापति रवि लामिछाने

  • 1.7K
    SHARES

  • रास्वपा कुनै पार्टीको पछि लाग्दैन : सभापति रवि लामिछाने

    भैरहवा,असार २३  ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भास्य स्थापित गर्न खोएिको बताएका छन् । उनले रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पारे ।

    रास्वपा लुम्बिनी प्रदेश कमिटीले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै सभापति लामिछानेले संसदमा रहेका कुनै पार्टीको पछि रास्वपा नलाग्ने जनाउँदै जहिल्यै जनताको मुद्दामा अघि बढ्ने जनाए । उनले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उनले सधै आम नागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताए ।

    सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत जनाए । उनले मिटरब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको जनाए । तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने प्रष्ट्याए ।

    गएको निर्वाचनमा भएभरमा दलहरु एक हुँदा पनि आफूहरु यो स्थानमा आएको स्मरण गर्दै लामिछानेले २०८४ मा अझै विशाल पार्टी बन्ने जनाए । राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टी पनि उचित स्थान दिएर भित्र्याउने उनले बताए । उनले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गरिने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिए ।

    क्याम्पसहरुमा ताला लगाउने र तोडफोड गर्ने भातृ संस्था जरुरी नरहेको उनको भनाइ छ । सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको जनाए । उनले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वाप विशाल पार्टी भएपछि भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गरे ।

    माओवादी कहिल्यै पनि सरकारभन्दा बाहिर निस्कन सक्दैन : प्रवक्ता डा. मुकुल ढकाल

    प्रवक्ता डा. मुकुल ढकालले लडाकु शिविर प्रकरणका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नरहेको दावी गरेका छन् । उनले माओवादी कहिल्यै पनि सरकारभन्दा बाहिर निस्कन नसक्ने बताए ।

    रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका महामन्त्री ढकालले शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस–एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिए । उनले कांग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दावी गरे । उनले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ । २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो । पुराना पार्टीहरुले सरकार चलाउनुपर्छ र रास्वपा प्रतिपक्षमा बस्नुपर्छ । यसले २०८४ को ग्राउण्ड क्लीयर हुन्छ ।’

    उनले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा नराखेको देखिएको बताए । उनले रास्वपाले पनि सहयोग गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको र पछि रास्वपा सरकार बाहिर गएको बताए । उनले दिल्लीसँग आफूले प्रधानमन्त्री बनाउन लबिङ गरेको जस्तो प्रचण्डले स्वीकार्नुभएको देखिएको बताए ।

    महामन्त्री तथा प्रवक्ता ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । किन बोल्नुभयो । उहाँले स्पष्ट पारेको आधारमा हामीले थप टिप्पणी गर्नेछौं ।’नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार बिना विकल्प प्रधानमन्त्रीको राजीनामा माग्न नहुने बताए । उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology