गुल्मी,असार २२ ।
गुल्मीको श्रृङ्गा जनता माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ ।जिल्लाका संस्थागत बिद्यालयहरुलाइ पछि पार्दै छत्रकोट गाउँपालिकामा रहेकाे जनता माबिले राम्राे नतिजा निकालेकाे हाे ।
एसईईमा ४५ जना परिक्षार्थी सहभागी भएकोमा ४ जिपिए ल्याउने १ जना, ३.६ देखि ४ जिपिए सम्म ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए सम्म ल्याउने ५ जना, २.८ देखि ३.२ जिपिए सम्म ल्याउने ७ जना, र १.६ देखि २.८ जिपिए सम्म ल्याउने बिद्यार्थी संख्या २८ जना रहेको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेलले बताउनुभयो ।
नतिजाबाट उत्साहित बनेको बताउँदै प्रधानाध्यापक बिकास चन्द्र खरेलले यो नतिजालाई आगामी दिनमा कायम राख्दै अझै धेरै बिद्यार्थीको नतिजा उत्कृष्ट बनाउन उर्जा मिलेको प्रतिक्रिया समेत दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)