बुटवल ,जेठ ३२ ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको पहिलो बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु जारी गरेको अध्यक्ष काजिमानन श्रेष्ठले बताउनुभयो ।
पहिलो बैठकले सांगठनिक अभिलेखीकरण अध्यावदिक गर्ने,सचिवालय ब्यबस्थापन,संगठनका लागि कार्ययोजना बनाउने प्रदेश समितिको बैठकहरु १२ वटै जिललामा घुम्ति ढंगले चलाउने निर्णय गरिएको हो । सो अवसरमा अध्यक्ष काजिमान श्रेष्ठ,सचिव होमबहादुर केसी,उपाध्यक्ष नन्दराम भट्टराइ,बरिष्ठ उपाध्यक्ष लक्ष्मी पौडेल,कोषाध्यक्ष प्रमोद कुमार न्यौपाने लगायतले बोलेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)