Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तम्घास-सिमलटारी सडक खण्डको काम अधुरै,ठेकेदारकाे बदमासीले स्थानीय रुष्ट !

तम्घास-सिमलटारी सडक खण्डको काम अधुरै,ठेकेदारकाे बदमासीले स्थानीय रुष्ट !

  • 4.8K
    SHARES

  • तम्घास-सिमलटारी सडक खण्डको काम अधुरै,ठेकेदारकाे बदमासीले स्थानीय रुष्ट !

    रामप्रसाद भण्डारी/गुल्मी,जेठ १३ । 

    मदन भण्डारी राजमार्ग अन्तर्गत  तम्घास - सिमलटारी सडक खण्डको काम अधुरै रहेको छ । अरादी खोलामा निर्माण कम्पनी सुनिल समिर निर्माण सेवा प्रा.लीले पक्कि पुल निर्माण कार्य सुरु गरेको ७ महिना पुरा भईसक्दा सम्म एउटा पिलरको काम पनि पुरा गरेको छैन ।

    पुलको पिलर रहने ठाउँमा घम्मु- राहाले -छिन्ना सिँचाई कुलोको बाँध रहेको छ । उक्त कुलोबाट ६०० रोपनी खेतमा सिचाई पुग्ने स्थानिय उपभोक्ताले बताए । घम्मु फाँट, राहाले फाँट र छिन्ना फाँट मा दुईवाली धान र एक वाली गहुँ, मकै, फापर, आलु लगायतको वाली हुने गरेकोमा अहिले खेत बाँझै रहेका छन् ।

    एक पटकमा करिव २ हजार मुरि धान फल्ने गरेकोमा अहिले चैतेधानको रोपाईनै हुन नसकेको किसान जीवन कुमालले वताए । निर्माण कार्य सुरु गर्ने समयमा सुनिल समिर निर्माण सेवा प्रा.लिका नारायण पोख्रेलले चैते धानको समेत रोपाई हुने व्यवस्था मिलाईदिने भन्दै कुलाको बाँध भत्काएर निर्माण कार्य सुरु गरेकाे उपभोक्ता बताउँछन् ।

    निर्माण कार्य सुरु गरेको ७ महिना सम्ममा एउटा पिलर पनि तयार भएको छैन यसले निर्माणको गति  कस्तो रहेको छ भन्ने स्पस्ट हुन्छ । निर्माणकार्य सुरु गर्न बाटो डाईभर्सन गर्दा पैसा दिन्छु भनि किसानको धान बाली मासेर बाटो बनाएकोमा अहिले सम्म पैसा नपाएको किसानको गुनासो छ ।निर्माण स्थलको एकातर्फ कुलाको बाँध र अर्को तर्फ हुलाके बजार रहेको छ ।

    sadak gulmi.jpg

    बजार तर्फको भागमा समेत खाडल खन्न सुरु गरेको तर अझै खाडल पुरा भएको छैन । वर्षा लागिसक्यो वजार पुरै जोखिममा रहेको छ स्थानिय व्यापारीले चिन्ता व्यक्त गरे। अघिल्लो वर्ष यो खोलाले वाटो अवरोध गर्नुका साथै कटान गरेर क्षति पुर्याएर पछि भएको चर्को आलोचना पछि निर्माण कार्य अगाडि वढेता पनि काम अत्यन्तै सुस्त गतिमा भएको छ ।

    यसै निर्वाचन क्षेत्रबाट पटक पटक  सांसद भएका गोकर्ण विष्टले निर्वाचनको समयमा आउने असारसम्म पक्किपुल निर्माण हुने र जनताले सास्ती भोग्नु नपर्ने भन्दै भोट मागेको र चुनाव जितेपछि बोलेको कुरा विर्सिएको स्थानिय जनता  र यातायात मजदुरको गुनासो रहेको छ । यस्तै अवस्था रहे वर्षाको समयमा यातायात पुर्णरुपमा वन्द हुने अवस्था रहेको छ। 

    निर्माण कम्पनिले निर्माण स्थलमा राख्नुपर्ने निर्माण विवरण, लागत, सम्झौता र सम्पन्न गर्नुपर्ने मिति सहितको सुचना बोर्ड समेत नराखेर नागरिकको सुसुचित हुने अधिकारलाई पनि कुल्चिएको छ भने नियामक निकाय पनि ठेकदारका अगाडि मुकदर्शक देखिन्छन् । यहि वाटो भएर दिनहु नेता, कर्मचारी र सम्वन्धित निकायका दर्जनौ गाडिहरु हिड्छन तर यस विषयमा कसैको चासो देखिदैन ।

    चैते धान रोप्न नपाएका किसानहरु अहिले वर्षे धानको व्याड राख्ने वेलामा पनि कुलो वन्ने अवस्था नदेखेपछि सिचाई कुलो सन्चालन गरीपाउँ भनि सडक डिभिजन कार्यलय, मदन भण्डारी राजमार्ग परियोजना लाई सम्बोधन गरि निवेदन दर्ता गरेको  स्थानिय महि खिमानन्द भण्डारीले  जानकारी दिए, उनले भने आईतवार जेष्ठ ७ गते निवेदन दर्ता गरेकाछौं ।

    जिल्ला प्रशासन कार्यलय र सिचाई डिभिजन कार्यलयलाई बोधार्थ राखेका छौँ  २-३ दिन भित्रमा माग सम्बोधन नभए किसानहरुले बिद्रोह गर्ने, यसको परिणाम नराम्रो हुनसक्ने र आफुहरु जुनसुकै कदम चाल्न बाध्य हुने बताए ।

    आजसम्म केहि सुनुवाई भएको छैन अझै १-२ दिन हेर्छौ अगुवा किसान सुमन्त भण्डारीले भने- हामि किसानहरुलाई यो अवस्थामा पुर्याउने सुनिल समिर निर्माण सेवा प्रा.लिका नारायण पोख्रेल रहेको पटक पटक फोन गर्दा नउठाउने उठाईहाले मिटिङमा छु भन्ने तथा यिनीहरुले भनेर केहि हुनेवाला छैन भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिने गरेको स्थानिय कुलाका माेहीको गुनासो छ ।त्यस्तै धम्काउने शैलिमा अौलो ठडाएर म धुर्कोटको हुनेवाला मेयर हुँ भनेर राजनैतिक धाक देखाएको स्थानिय मित्रलाल भण्डारीको गुनासो रहेको छ । निर्माण व्यवसायि पोख्रेल ने.क.पा.एमाले निकट निर्माण व्यवसायी हुन् ।

    अधिकाँस कुमाल जातिको वसोवास रहेको यस स्थानमा धेरैजसोले अधिया गरेर गर्जो टार्ने गरेकोमा यस पटक सिचाईको अभावमा खेति गर्न नपाउँदा परिवार पाल्न मुस्किल परेको र अव वर्षे धान पनि रोप्न नपाए अफ्नो परिवारमा अनिकाल लाग्ने एक अधिया गर्ने कुमाल जातका किसानले दुखेसो गरे । यस्तै हुलाके बजारका व्यापारिहरु आकासमा कालो बादल देखे बाढीले वगाउने हो कि भन्ने डरले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउँछन । 

    निर्माण कम्पनिले २ किलोमिटर अगाडि रोदिखोलामा समेत पुल निर्माण गरिरहेको छ तर निर्माणको गति अत्यन्तै सुस्त रहेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारि सडक खण्डको अरादी र रोदी खोलामा सुनिल समिर निर्माण सेवा  प्रा.ली ले मोटरेवल पुल निर्माणकार्य गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology