Logo बुधवार, कार्तिक १२ गते २०८३
images

समाजवादी प्रेस संगठन नेपाल पाल्पाको अध्यक्षमा पदम गैरै सर्वसम्मत

समाजवादी प्रेस संगठन नेपाल पाल्पाको अध्यक्षमा पदम गैरै सर्वसम्मत

  • 852
    SHARES

  • समाजवादी प्रेस संगठन नेपाल पाल्पाको अध्यक्षमा पदम गैरै सर्वसम्मत

    पाल्पा,जेठ ४ ।

    समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखा अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । पाल्पा तानसेनमा सम्पन्न भएको प्रथम अधिवेशनले गैरेको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

    संगठनको उपाध्यक्षमा रमा भण्डारी, विकास नापित, सचिवमा किरण रसाईली, कोषाध्यक्षमा सुजाता थापा र सहसचिवमा रिमा सुन्धौली चयन भएका छन । यसैगरि सदस्यहरुमा उज्जवल भट्टराई, यू.वि. भण्डारी र टारजन भण्डारी चयन भएका छन् । यसैगरि अशोककुमार शाही, प्रेमसागर शाही र करुणा काफ्लेलाई संगठनको सल्लाहाकार समेत चयन गरिएको छ ।

    यसअघि आयोजित अधिवेशनको उद्घाटनसत्रमा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य, पूर्व सांसद एंव पाल्पा इन्चार्ज यादवबहादुर रायमाझीले पत्रकारिताले आम नागरिकको जीवनका मुद्धाहरु उठाउनुपर्नेमा जोड दिए । उनले आफुहरु विद्रोहबाट जन्मिएको बताउँदै समाजवादी प्रेस संगठनमा आबद्ध पत्रकारहरुले गलत काम गर्नेका विरुद्ध निर्मम रुपमा कलम चलाउन आग्रह गरे ।

    कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशका सांसद भगवती घिमिरे, पूर्वमन्त्री रमा घर्ती, अर्का केन्द्रीय सदस्य एंव तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार शाहीले बोल्दै पत्रकारिता समाजका लागि हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा समाजवादी प्रेस संगठन लुम्बिनीका अध्यक्ष ह«दय भुसालले पत्रकारिता आफैमा चुनौतीपूर्ण पेशा भएको बताउँदै आफुहरु संगठन निर्माणको महाअभियानमा जुटेको बताए । उनले आफुहरु विद्रोहबाट जन्मिएकाले यात्रा कठिनपूर्ण भएपनि विचारका हिसाबले सहि बाटोमा रहेको बताए ।

    अधिवेशन उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द्र भट्टराई, नेकपा माओवादी केन्द्र पाल्पा सचिव मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एंव रुपन्देही अध्यक्ष विनोद परियार,  नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ती तिमिल्सेना, प्रेस चौतारी पाल्पा सचिव नारायण न्यौपाने, राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन गैरे लगायतले बोल्दै समाजवादी प्रेस संगठनलाई व्यवसायिक पत्रकारहरुको संगठन बनाउन सुझाव दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology