Logo बिहिवार, आश्विन १ गते २०८३
images

रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्छौं : रवि लामिछाने

रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्छौं : रवि लामिछाने

  • 1.1K
    SHARES

  • रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्छौं : रवि लामिछाने

    काठमाडौं, वैशाख २३ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका छन्। शुक्रबार बसेको पार्टीको संयुक्त बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले आफूहरू पार्टी र संगठन निर्माण र रचनात्मक प्रतिपक्षको  रूपमा अघि बढ्ने बताएका हुन्।

    ‘हामीले जनभावना र जनमतको कदर गर्नु पर्ने हुन्छ। यो पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश शुभचिन्तकको चाहना यही थियो कि सशक्त प्रतिपक्षको रूपमा भूमिका निर्वाह र पार्टी संगठनलाई सशक्त बनाएर लानुपर्ने हामीलई म्यान्डेट प्राप्त भयो,’ उनले भने, त्यही अनुरूप हामी अगाडि बढ्छौं।’ 

    एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भनेर धेरैले हेर्न चाहेको भन्दै आफूहरू त्यही अनुरूप अघि बढ्ने उनले बताए।यो कार्यकाल तपाईंहरू सरकार बनाउने-भत्काउने खेलमा लाग्नु हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी त्यो खेलमा लाग्दैनौं तर खेलले कुनै रूप लियो भने...। हामीले पहिला पनि भनेका थियौं एउटा राजनीतिक दल अस्थिरता चाहँदैन। सत्ताका लागि जे पनि गर्ने भयो भने जनभावनाको अपमान हुन्छ।’ 

    सरकारलाई समर्थन गरेको बेला न्यूनतम साझा कार्यक्रममा आफूहरूको एजेन्डा हटाएको भन्दै रास्वपाले आपत्ति जनाएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology