Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय लेखक दिवसमा साहित्यकार देवेन्द्रराज शाक्यलाई सम्मान

राष्ट्रिय लेखक दिवसमा साहित्यकार देवेन्द्रराज शाक्यलाई सम्मान

  • 1.5K
    SHARES

  • राष्ट्रिय लेखक दिवसमा साहित्यकार देवेन्द्रराज शाक्यलाई सम्मान

    बुटवल,बैसाख १६  ।

    राष्ट्रिय लेखक दिवसको अवसरमा बुटवलमा स्रष्टा सम्मान गरिएको छ । नेपाली लेखक संघ रुपन्देहीले बुटवल २ निवासी देवेन्द्रराज शाक्यलाइ सम्मान गरेको हो ।

    २ दर्जनभन्दा बढि कृतिका लेखक शाक्यलाइ  उहाँकै निवासमा आयोजित कार्यक्रममा बुटवल ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल,लेखक संघका लुम्बिनी प्रदेश संयोजक बनमाली निराकार,जिल्ला अध्यक्ष लिलाधर पाण्डे लगायतले दोसल्ला तथा कदरपत्रले सम्मान गर्नुभएको हो ।

    सो अबसरमा बोल्दै बुटवल ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले सहि स्रष्टाको पहिचान गरेर सम्मान गरेकोमा धन्यबाद दिदै लेखक संघसंग सधै सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै सम्मानित स्रष्टा शाक्यले आफुलाइ सम्मान गरेकोमा आभार ब्यक्त गर्दै अझै साहित्यको श्रीबृद्धिका लागि कलम चलाउने बताउनुभयो ।सो अवसरमा बोल्दै प्रदेश संयोजक बनमाली निराकारले साहित्यकार,लेखकलाइ सरकारले हेर्ने दृष्टि पुरानै रहेको भन्दै राज्यले सहि ढंगले सम्मान गर्न नसकेकोमा दुख ब्यक्त गर्नुभयो ।

    संघका रुपन्देही अध्यक्ष लिलाधर पाण्डेको अध्यक्षता तथा सचिव मधुसुदन पोखरेलको संचालनमा भएको सो कार्यक्रममा संघ रुपन्देहीका निर्बतमान अध्यक्ष निर्मल ढुंगाना,प्रदेश प्रतिनिधि कपिल ज्ञवाली,चन्द्रकान्त पराजुली,जिल्लाका उपाध्यक्ष सरस्वती बस्याल लगायतले बोल्नुभएको थियो  ।

    सोही समारोहमा संघको जिल्ला अधिबेशन सफलतापूर्वक चयन गर्ने निर्बाचन समिति संयोजक बनमाली निराकारसहतिको निर्बाचन मण्डललाइ सम्मान तथा जिल्लाको नेतृत्वमा आउनुभएका पदाधिकारी,सदस्य एवं प्रदेश प्रतिनिधिहरुलाइ प्रमाणपत्र समेत प्रदान गरेर पदस्थापना  गरिएको  थियो ।

    सो अबसरमा साहित्यकार धर्मी शाक्य सहित आधादर्जन स्रष्टाले रचनाबाचन समेत गर्नुभएको थियो । कार्यक्रममा सम्मानित स्रष्टा शाक्यले अक्षयकोष निर्माणका लागि नगद ६ हजार रुपैँया प्रदान गर्नुभएको थियो । devenra raj shakya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology