बुटवल,बैसाख ११ ।
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ का ३२ वटा वडाको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेले २४ हजार ४ सय ६ मत प्राप्त गरेका छन्।
वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार १ सय ८२ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १० हजार २ सय २४ मतको अन्तर रहेको छ।
३२ वटा वडाको मतगणना सम्पन्न हुँदा ४७ हजार १६२ मत गणना भइसेकेको छ। यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार २६ मत प्राप्त गरेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)