Logo मंगलवार, श्रावण १२ गते २०८३
images

होटल पौवामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न

होटल पौवामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न

  • 1.3K
    SHARES

  • होटल पौवामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न

    बुटवल,वैशाख १ ।

    होटल पौवाले आफ्ना २ वटा शाखामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँवर्ष शुभारम्भ साँझ गरेर पौवाले नेपाली नयाँवर्षलाई स्वागत गरेको हो ।

    भैरहवाको कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तयाक अहमद खानले र बुटवलको कार्यक्रम तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । मध्यराती १२ बजे आतिसबाजी सहित नयाँवर्षलाई स्वागत गरिएको थियो ।

    भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकश दुतराजले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । शिव परियारले धोकेवाज हौ तिमी, धोकेबाज हौ तिमी…..गाउँदा कार्यक्रम उपस्थित दर्शकहरुले गरेको हुटिङले महौल तताएको थियो ।

    उनले पिउँदिन भन्दा भन्दै पिलायो साथीले…., सुन्छु तिमिले मलाई छाड्नै आँटेकी छेउरे….., आँसुको अर्थ…, बाटो मोडेर…तिम्रै निम्ती सहितका गीत प्रस्तुत गरेका थिए भने प्रकाश दुतराजले घर त कता हो बैनीको…., जाम भो माईली रेलैमा…., चोली मैलै भो…, मन भुल्छ….., बैनी झ्यालैमा लगायतका गीत प्रस्तुत गरेका थिए ।

    यता बुटवलको कार्यक्रममा चर्चित क्लासिकल गायीका कुन्ति मोक्तानले पहाडकी छोरी हुँ म भीरमा पनि…., खुट्टा तान्दै गर…, चोली राम्रो पाल्पाली ढाकाको…, सुनकै भाउ छ सुन्तोला बारिको सहित दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । बुटवलमा राजनराज शिवाकोटीले सुर्के थैली.. कुटुमा कुटु सुपारी दाना…, चरि च्याट्ट दारी….लगायतका गीत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा गायक अख्तर अली सहित स्थानीय कलाकारहरुबाट नेपाली कला र संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । नेपाली हस्पिटालिटीको आरम्भ गरेको दाबी गरेको पौवाले नेपाली नयाँवर्ष मनाउने आफ्नो अतिथि तथा ग्राहकहरुलाई लक्षीत गर्दै नेपाली नयाँवर्ष शुभारम्भ साँझ कार्यक्रम गरिएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।pauwaaa.jpg

    पौवाका नेपालभर ११ वटा शाखा संचालनमा रहेका छन् भने आजबाट काठमाडौंमा १२ औ शाखाले सेवा दिन सुरु गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology