काठमाडौँ,चैत्र १७ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकको बदला तीन जना सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको सन्दर्भमा लामिछानेले यस्तो बताएका हुन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामिछानेले चितवन २ बाट निर्वाचित भएपनि पद गुमाएका थिए ।
सोही क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा लामिछाने चुनाव लड्दैछन् । यस्तै तनहुँ १ र बारा २ मा रिक्त स्थानमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ । ती दुबै क्षेत्रमा पनि आफ्नो पार्टी विजयी भएको हेर्ने चाहना भएको उनको भनाइ छ ।
‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)