Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

  • 1.9K
    SHARES

  • तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार

    काठमाडौँ,चैत्र १७ ।

    तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् । 

    रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरे । सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे । वाग्लेले हिजाे पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो ।

    कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् । आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology