Logo बिहिवार, आश्विन १ गते २०८३
images

उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराज कुँवरले उम्मेदवारी दिने,क्यान महासंघकाे साथ

उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराज कुँवरले उम्मेदवारी दिने,क्यान महासंघकाे साथ

  • 4.3K
    SHARES

  • उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराज कुँवरले उम्मेदवारी दिने,क्यान महासंघकाे साथ

    बुटवल,चैत्र ४ ।

    नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराज कुँवरले उम्मेदवारी दिने भएका छन् । 

    यही चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा क्यान महासंघले निवर्तमान अध्यक्ष नवराज कुँवरलाई १२३ वस्तुगत संघहरुको तर्फबाट केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारीका लागि अगाडि सारेको हो ।

    क्यान महासंघले आइसिटीको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएको बताउँदै यसको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न उम्मेद्वारी दिएको जनाएको छ ।

    nawaraj kunwarr.jpg

    यस्तै डिजिटल साक्षरता बढाउन, इन्टरनेट सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवद्र्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारेको क्यान महासंघको भनाई छ ।

    क्यान महासंघ सूचना तथा संचारप्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरु र संघ–संस्थाहरुको छाता संगठन हो ।

    महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरुको हक हितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धि अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचनाप्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ ।

    नेपाल उद्योग बाणिज्य महासंघमा क्यान महासंघको उम्मेदवारी किन ?

     आईसीटी कुनै व्यवसाय वा सुविधा होइन, यो त आधुनिक विकासको पूर्वाधार हो जसको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएका छन् । यही अत्यावश्यक सेवाको जगमा सबै उद्यम र व्यवसाय फस्टाएका छन् । यसर्थ यसको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न । 
     डिजिटल साक्षरता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य पेमेण्ट भेण्डर तथा अनलाइन व्यवसायसँग समन्वय र सहकार्य गर्न । 
     नेपालमा मोबाइल सेवा तथा इण्टरनेट सब्स्क्राइब गर्नेको संख्या मुलुकको कुल जनसंख्याको अनुपातमा क्रमशः २७ र ३१ प्रतिशतले बढी भए पनि त्यसको व्यावसायिक विकास भने हुन सकेको छैन । यस्तो अवस्थामा त्यसको प्रभावकारी विकास र प्रयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघ, सरकार र सम्बन्धित क्षेत्रका नियामक र उद्योग व्यवसायसँग समन्वय र सहकार्य गर्न ।
     अत्यधिक करका कारण नेपालको इण्टरनेट सेवा दक्षिण एशियामै महँगो बनेको छ । त्यसैले सूचना तथा सञ्चार प्रविधि नीति २०७२ मा उल्लेख गरे अनुसार सूचना तथा सञ्चारलाई सबैको पहुँचयुक्त र क्रयशक्ति योग्य बनाउन । सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन । 
     आईसीटी सेवा तथा व्यवसायलाई सम्बोधन गर्ने गरी डिजिटल साक्षरता बढाउन, त्यसमा सरकारलाई परामर्श दिन एवम् सो कार्यमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागितालाई अझ प्रभावकारी र नतिजामूलक बनाउन । 
     नेपाललाई प्रविधिको पहुँच र प्रयोगमार्फत डिजिटल विकासको दिशामा लैजान कार्यान्वयनमा ल्याइएको डिजिटल नेपाल फ्रेमवर्क र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ जस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सघाउन । र, सो क्रममा निजी क्षेत्रका व्यवसायको हित सुनिश्चित हुने गरी नीति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउन । 
     नेपालमा डिजिटल अर्थतन्त्रको भविष्य र अर्थसामाजिक संभावना बारेको रोडम्यापबारे भिजन निर्माण गर्न सरकारलाई सघाउन । व्यावसायिक संभावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सरकार तथा व्यवसायीलाई सुझाव दिन तथा त्यसका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय संघसंस्थासँग सकार्य गर्न । 
     नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको र नेपाल सरकारले इन्डोर्स गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सूचना प्रविधिको प्रयोगलाई अझ घनीभूत बनाउन । 
     बैंकिङ, युटिलिटी पेमेण्ट, यातायात र राजस्वलाई पूर्णरुपमा डिजिटलाइज्ड गरी व्यवसायिक विकासमा सहयोग गर्न सक्ने बनाउन । मानिसहरु बैंकसम्म जानै नपर्ने, कुनै पनि आर्थिक कारोबारमा खल्तीबाट नगद झिकेर बिल भुक्तानी गर्नु नपर्ने र सकेसम्म पैसालाई भौतिकरुपमा देख्नै नपर्ने अवस्था सिर्जना गर्ने दिशामा काम गर्न । 
     सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात, निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारिक कर नितिका सम्बन्धमा तथा इकमर्स व्यवसाय सञ्चालनमा व्यवसायीका हितको रक्षा गर्न । 
     सूचनाप्रविधि क्षेत्रमा ठूलो संभावना रहे पनि त्यसलाई उपयोग गर्न सकिएको छैन । त्यस संभावनामा व्यावसायिक विकासका लागि सरकार र निजी क्षेत्रवीच वृहत्तर सहकार्य तथा सहमति निर्माण गर्न । 
     नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत, जिल्ला तथा नगर संघहरुलाई सूचनाप्रविधिमा अझ सबल बनाउन । महासंघका गतिविधि तथा सेवालाई पूर्णतः सूचना प्रविधिमैत्री बनाउन । बस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई सूचना प्रविधि नेटवर्कमार्फत जोडी प्रभावकारी र वृहत राष्ट्रिय सञ्जालको विकास गर्न । 
     जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, संस्थागत सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुवीच प्रविधिमार्फत अन्तक्र्रिया बढाउन । 
     सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवद्र्धन गर्न । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघमा हाल भएको संरचनालाई अझ प्रभावकारी बनाउनका लागि सूचना गेटवे निर्माण गर्न र सञ्चालन गर्न । 
     सम्भावित वातावरणीय, आर्थिक, सामाजिक तथा प्रविधिको क्षेत्रमा आउने चुनौतिको सामना गर्ने खालका खोज तथा अनुसन्धानलाई प्रोत्साहित गर्न । यस क्षेत्रमा जनशक्ति विकास गरी निजी उद्यमलाई सघाउन । 
     सञ्चार तथा सूचना प्रविधिमा आधारित साना उद्योग तथा कृषि, स्वास्थ्य तथा अन्य स्थानीय उद्यमको प्रवद्र्धनका लागि कार्य र सहकार्य गर्न । सूचना प्रविधिको प्रयोगमार्फत साना तथा मझौला उद्यमहरुको उत्पादनशीलता, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न । 
     विभिन्न क्षेत्रका लागि अत्यावश्यक मानिएको प्रविधि हस्तान्तरणमा स्वदेशी तथा विदेशी कम्पनीहरुवीच सम्बन्ध तथा सहकार्य विस्तार गर्न र सो मार्फत विदेशी लगानी प्रवद्र्धन गर्न । 
     स्टार्टअप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवद्र्धनमार्फत युवामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उद्यमशीलता विकास गर्न । 

    तसर्थ चैत्र २८ र २९ गते सम्पन्न हुन गईरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा यहाँको अमूल्य मत को लागि हार्दिक अनुरोध गर्दछौं । यहाँबाट यस महत्वपूर्ण जिम्मेवारीका लागि सहयोग हुने कुरामा क्यान महासंघ विश्वस्त रहेको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology