बुटवल,चैत्र २ ।
स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालमा ४०औँ विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ ।
नेपालमा विभिन्न कार्यक्रम गरेर देशव्यापी रूपमा विश्व उपभोक्ता दिवस मनाइएको हो । बुटवल उपमहानगरमा अन्तर्क्रिया भएको छ ।उपभोक्ता हित संरक्षण मञ्चले अन्तर्क्रिया गरेको हो । सो अबसरमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले उपभोग्य वस्तुको गुणस्तर, मूल्य र उपभोक्ताको अधिकारबारे सरकार गम्भीर र संवेदनशील रहनुपर्ने बताउनुुभयो ।
उहाँले गुणस्तरीय वस्तुु र सेवाका लागि सरकार एक्लोले अनुुगमन गरेर नहुुने भएकाले स्वयं उपभोक्ता पनि सचेत हुनुुपर्नेमा जोड दिनुुभयो ।उपप्रमुख साबित्रा अर्यालले उद्योगी, व्यापारी पनि कुनै न कुुनै वस्तुको उपभोक्ता हुने भएकाले आआफ्नो तर्फबाट आफूलाई उपभोक्ता सम्झेर जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुुभयो ।
उपभोक्ता संरक्षण ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयन गरी सबै उपभोक्तालाई उचित मूल्य र गुुणस्तरमा वस्तुु सेवाको उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीको आग्रह छ । सो अबसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय महाशाखा प्रमुख बिमल दाहाल, बुटवल उवासंघका अध्यक्ष उज्वल कसजू,तेजकुमार पाठक,ठगिश्वर पाेखरेल लगायतले बोलेका थिए ।
हालसम्म अनुगमन समितिले खाद्यान्न बिक्री पसल ७५, मासु बिक्री पसल ९ फ्रेस हाउस० ११, मिष्ठान्न भण्डार २६, होटल तथा स्पा सेन्टर २४, विविध सामाग्री बिक्री पसल ३, वडा कार्यालय अनुगमन ८ र १५ वटा सहकारीमा २ देखि ९ पटकसम्म अनुगमन गरिएको बुटवल उपमहानगरको अनुगमन तथा मूल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
उपभोक्ताको भोगाइ भने पीडादायी :
उपभोक्ता हित र अधिकारबारे कार्यक्रम मनाइए पनि वास्तविक उपभोक्ताको भोगाइ भने पीडादायी रहेको छ । अति आवश्यकीय उपभोग्य वस्तु चामल, दाल, आँटा, मैदा, खाने तेललगायतका वस्तुुको उच्चदरमा मूल्य वृद्धि भएपछि निम्न तथा मध्यम वर्गका उपभोक्ता मारमा छन् । विश्व उपभोक्ता दिवस मनाइरहँदा नेपालमा भने उपभोक्ता उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेका छन् ।
सरकारको नियमनकारी निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यसअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुुगमन गरिरहेको दाबी गरेको छ तर बजारमा उपलब्धि देखिँदैन । विभागको नेतृत्वमा फागुनसम्ममा दुुई हजार ६२७ वटा व्यवसायी फर्मको अनुुगमन गरेको छ, जसमा ५४९ वटालाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना गरिएको छ ।
यसबाट एक करोड ५० हजार ६८ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । अनुुगमनका क्रममा ८१ व्यवसायी फर्मबाट म्याद नाघेका एक करोड ५० लाख २३ हजार रुपियाँ बराबरका सामान नष्ट गरिएको विभागले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)