Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

‘राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्था’

‘राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्था’

  • 3.1K
    SHARES

  • ‘राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्था’

    बुटवल,फागुन २९ ।

    तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले क्यू.ए.ए. प्राप्त राममणि बहुमुखी क्याम्पस यस क्षेत्रकै गौरवशाली संस्थाको रूपमा रहेको बताउनुभएको छ ।

    उहाँले संस्थाको सदैव उन्नतिका लागि नगरपालिका साथमा रहिरहने बताउनुभयो । क्याम्पसको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै नगरप्रमुख खाँणले त्यस्तो बताउनुभएको हो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा क्याम्पसको मुखपत्र “दीपिका” को अठारौं अंक विमोचन गरिएको थियो भने क्याम्पसका संस्थापक, पूर्व सञ्चालक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो ।

    सह–प्राध्यापक गोपाल पन्थीको सम्पादनमा प्रकाशित दीपिकामा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको वार्षिक प्रतिवेदन सहित प्राध्यापक, कर्मचारी, विद्यार्थी एवम् सरोकारपक्षका विविध लेख तथा तथ्यांक प्रकाशित छन् ।ram mani.jpg

    क्याम्पस स्थापनाको पहलदेखि विभिन्न पदमा रही योगदान दिनुभएका क्याम्पसका संस्थापक, पूर्व अध्यक्ष एवम् संरक्षक रोमणीप्रसाद पाठकलाई कार्यक्रममा दोसल्ला र तामपत्र सहित विशेष सम्मान गरिएको थियो । सम्मानित भएपछि बोल्दै संरक्षक पाठकले क्याम्पसको थप उन्नतिका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी पूर्व सञ्चालकहरू छत्रबहादुर दर्लामी, कन्हैयालाल कसौधन र गणेश पाठकलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो । भने, दर्शनाचार्य (एम.फिल.) पूरा गर्नुभएका प्राध्यापक राजेन्द्र थापामगर, सेवानिवृत्त पूर्व क्याम्पस प्रमुख बालकृष्ण अर्याल, पूर्व सहायक क्याम्पस प्रमुख  जगन्नाथ बस्याल र पूर्व संकाय प्रमुख नारायणप्रसाद भुसाललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    उप–प्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा कर्मचारीहरू सुमित्रा थापा, नारायण मरासिनी र श्रीधर भट्टराईलाई पनि सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    क्याम्पसका दिवंगत उपप्राध्यापक आनन्दप्रसाद पाण्डेयका श्रीमती शान्ति पाण्डेय र भाई विष्णुप्रसाद पाण्डेयले वार्षिकोत्सव समारोहमै सम्बोधन गर्दै दिवंगत अभिभावक आनन्दप्रसादको स्मृतिमा एकलाख एघार हजार एकसय एघार रूपियाँको विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेलगत्तै उहाँहरूलाई सम्मानित गरिएको थियो ।

    सो अवसरमा शुभकामना व्यक्त गर्दै शान्ति नमूना मा.वि.का अध्यक्ष एवम् सामुदायिक विद्यालय संघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराई, च्याम्बर अफ कमर्सका लुम्बिनी प्रदेश महासचिव जे.पी. कण्डेल, पशुपति कलेजका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्मा, ने.क.पा. एमाले नगर अध्यक्ष तामानाथ पाण्डे, ने.क.पा. माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, पूर्व क्याम्पस प्रमुख टेकराज अर्याल, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर लगायतले क्याम्पसको विकाशका लागि आफूहरूसँगै पुरै समुदाय सहयोगी र आत्मीय रहेको उल्लेख गर्नुभयो ।

    क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागतमा भएको कार्यक्रममा प्लस टु तर्फका ३१ जना मेधावी विद्यार्थीलाई नगद राशीसहित सम्मानित गरिएको थियो । त्यसैगरी, वर्षभरिका शैक्षिक तथा वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पदक र पुरस्कार प्रदान गरिएको थियो ।

    कार्यक्रममा विद्यार्थीका गीत, कविता, गजल तथा  साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।14.JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology