Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद प्रतियोगिता

राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद प्रतियोगिता

  • 1.2K
    SHARES

  • राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद प्रतियोगिता

    बुटवल,फागुन २७ ।

    रूपन्देहीको मणिग्रामस्थित  राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् ।

    पछिल्लोपटक समापन भएका खेलकुदमध्ये फूटबल प्रतियोगितामा वीवीएस पहिलो वर्षको समूह विजयी भएको छ भने वीवीएस तेश्रो वर्षको समूह उपविजयी बनेको छ ।

    त्यस्तैः क्रिकेटतर्फ वीवीएस पहिलो वर्षको समूह क विजयी र वी।वी।एस। पहिलो वर्षकै समूह ख उपविजयी भएका छन् ।
    त्यस्तैः एकसय मिटर दौडमा छात्रतर्फ लक्ष्मण खत्री पहिलो, हिमांशु कालाथापा दोस्रो र टीकाबहादुर थापा तेस्रो भएका छन् । छात्रातर्फ लोककुमारी पन्तक्षेत्री पहिलो, प्रज्ञा भुसाल दोस्रो र दीक्षा दर्लामी तेस्रो भएका छन् ।

    क्याम्पसमा छेलो फाल्ने, स्लो साइकल रेस, डोरी तान्ने, घैंटो फोर्ने, कुर्ची दौड  लगायतका प्रतियोगिता सम्पन्न भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology