Logo बुधवार, श्रावण १३ गते २०८३
images

रविको मुद्दामा अदालतको आदेश– नेपालमा दल खोल्ने वा उम्मेदवार हुने अधिकार नेपाली नागरिकलाई मात्र

रविको मुद्दामा अदालतको आदेश– नेपालमा दल खोल्ने वा उम्मेदवार हुने अधिकार नेपाली नागरिकलाई मात्र

  • 1.3K
    SHARES

  • रविको मुद्दामा अदालतको आदेश– नेपालमा दल खोल्ने वा उम्मेदवार हुने अधिकार नेपाली नागरिकलाई मात्र

    काठमाडौँ,फागुन २४ ।

    संवैधानिक इजलासले रवि लामिछानेको मुद्दामा फैसला गर्दै ‘नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नरहने’ प्रस्ट पारेको छ ।

    यस सम्बन्धी मुद्दाको फैसला केही अघि नै भए पनि पूर्ण पाठ भने मंगलबार सार्वजनिक भएको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘संविधानको धारा ८४ मा रहेको प्रावधान अनुसार नेपाली नागरिकलाई मात्र संघीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार रहन्छ ।’

    नेपालको संविधानको धारा २९१ मा रहेको ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन’भन्ने प्रावधानलाई पनि फैसलाको पूर्ण पाठमा उद्धृत गरिएको छ ।

    फैसलामा भनिएको छ, ‘यसको तात्पर्य नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियता प्रति विधिवत् समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology