Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

  • 3.2K
    SHARES

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

    धनगढी, फागुन २१।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

    ५३ सदस्यीय प्रदेश सभामा ५२ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्री शाहले ४१ मत पाउनुभएको छ भने विपक्षमा ११ मत खसेको छ । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

    तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले  शाह मुख्यमन्त्री बनेका थिए ।

    शाहलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदले विश्वासको मत दिएका छन् । 

    मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत नदिएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology