Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको तयारी

आज विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको तयारी

  • 3.8K
    SHARES

  • आज विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको तयारी

    धनगढी,फागुन २१ ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका शाहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी गरेका हुन्।

    मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकअघि विभिन्न दलसँग छलफल र सर्वदलीय बैठक गर्ने तयारीसमेत गरेका छन्।

    संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री बनेका थिए।

    मुख्यमन्त्री बनेपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक राखिदिन सभामुखलाई पत्राचार गरेका थिए। सोहीअनुसार सभामुखले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्।

    प्रदेश सभा सचिव देवबहादुर बोगटीले आज दिउँसो १ बजे बैठक बस्ने बताए। राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा ८ दल एकै ठाउँमा उभिएकोले प्रदेशमा पनि आफूले विश्वासको मत लिन सजिलो हुने मुख्यमन्त्री शाहले विश्वास गरेका छन्।

    केन्द्रमा गठन भएको ८ दलको समीकरणअनुसार सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ७ र एक स्वतन्त्र सांसद गरी ४१ जनाले आफूलाई विश्वासको मत दिने शाहको विश्वास छ।

    तर नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेका छैनन्। उनीहरूले शक्ति बाँडफाँटमा लिखित सहमति हुनुपर्ने बताएका छन्। माओवादीभित्र कसैले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनुपर्ने त कसैले दिन नहुने बताइरहेका छन्।

    नागरिक उन्मुक्ति पार्टीले भने आफूहरूका माग सम्बोधन हुनुपर्ने अडान राखिरहेको छ।

    यसअघि एमाले संसदीय दल नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री थिए। विश्वासको मत नपाउने भएपछि उनको सरकार एक महिनामै ढलेको थियो। ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो भने कांग्रेसका शाह नेतृत्वमा नयाँ सरकार बनेको थियो। शाहले पनि विश्वासको मत जुटाउन सकेनन् भने यो सरकार पनि ढल्न सक्छ। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology